आज :

‘काँग्रेस नेताहरूले गठबन्धनविरुद्ध भाषण गर्दै हिँड्न मिल्दैन’

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले नेपाली काँग्रेसका नेताहरूले सत्तारुढ गठबन्धनविरुद्ध भाषण गर्दै हिँड्न नमिल्ने बताएका छन् ।

गृहमन्त्री खाँणले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन अघि गठबन्धन तोड्ने पक्षमा पार्टीको केन्द्रीय समिति नरहेको उल्लेख गर्दै त्यसका विरुद्धमा पार्टीका नेताहरूले भाषणबाजी गर्दै हिँड्न नमिल्ने बताएका हुन् ।

नेपाली काँग्रेसमा आबद्ध नेपाल तरुण दल, काभ्रे जिल्लाले शनिबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले गठबन्धनमा आबद्ध भएको हुनाले नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताहरूले गठबन्धनले उठाएको उम्मेदवारहरूको पक्षमा उभिनु राजनीतिक धर्म र दायित्व दुवै भएको स्पष्ट पारे ।

खाँणले भने, ‘आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा बुद्धिमत्तापूर्वक सिट बाँडफाँटमा पार्टीले आफ्नो अडान राख्नु पर्दछ । तर गठबन्धन तोडेर हेरौँ भनेर भन्नु हुन्छ भने नेपाली काँग्रेसको केन्द्रीय समितिले अहिले गठबन्धन तोड्दैन । नेपाली काँग्रेसका केन्द्रीय सदस्य साथीहरूले यसरी पार्टीका तरुण साथीहरूलाई बोलाउने र गलत भ्रम हुने गरी भाषण गर्नु हुँदैन । तपाइहरूलाई जे हो ? त्यही भनिदिनु पर्दछ ।’ उनले भने ।

‘अहिले नेपाली काँग्रेसको भूमिका के हो ? नेपाली काँग्रेसको एउटा केन्द्रीय सदस्य, गठबन्धन सरकारको गृहमन्त्री भएको नाताले यो गठबन्धनलाई बचाएर आगामी निर्वाचन सुनिश्चित र सुरक्षित गर्ने, यो निर्वाचनलाई शान्ति, सुरक्षा प्रदान गर्ने, निर्वाचन निष्पक्ष, स्वतन्त्र, भयरहित रूपमा सम्पन्न गर्ने दायित्व मेरो हो । त्यो म पूरा गर्नेछु । हामी गठबन्धनमा आबद्ध छौँ । गठबन्धनको उम्मेदवारलाई जिताउने हाम्रो राजनीतिक विश्वसनीयता हो । राजनीतिक धर्म र दायित्व हो ।’ उनले भने ।

मन्त्री खाँणले नेपाली काँग्रेसले आफ्नो हैसियत अनुसार निर्वाचनको सिट सङ्ख्या बाँडफाँड गराउने काममा भने बुद्धिमत्तापूर्वक काम गर्नुपर्ने बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal