आज :

सङ्गिता तामाङ नेकपा(एस)को दोलखबाट सामानुपातिकमा सिफारिस

  • अनलाइन डबली

चरिकोट । प्रतिनिधि सभाको सदस्यमा समानुपातिक तर्फको पदमा दोलखाबाट सङ्गिता तामाङ सिफारिस भएकी छिन् । आगामी ४ मंसिरमा हुन लागेको प्रतिनिधि
तथा प्रदेशसभा निर्वाचनका लागि एकीकृत समाजवादीबाट प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवार सिफारिस भएकी हुन् ।  दोलखाबाट नै सिर्जना कार्की र दिपक धनुके समेत सिफारिस भएका छन् ।

सङ्गिता तामाङ नेकपा एकीकृत समाजवादीकी जिल्ला सहसचिव, एकीकृत समाजवादी बागमती प्रदेश महिला सङ्घ सचिव र स्थानीय निर्वाचनमा भीमेश्वर
नगरपालिकाका गठबन्धनको तर्फबाट उपमेयरकी साझा उम्मेवार भई निकटतम प्रतिद्वन्दी हुन् । उनी ३३०० मत बदर हुन पुग्दा हुँदा ३४३ मतले मात्र
पछाडि परेकी थिइन् । उनी विद्यार्थी राजनीतिबाट दोलखा जिल्ला उपाध्यक्ष  हुँदै अनेरास्ववियू केन्द्रीय सदस्यमा दुई कार्यकालसम्म जिम्मेवारी
निर्वाह गर्न सक्षम विद्यार्थी नेतृत्व हुन् ।

अनेरास्ववियूको केन्द्रीय सदस्यको जिम्मेवारीसँगै उनको दोलखा जिल्लामा केन्द्रीय राजनीतिमा समेत पहुँच राख्ने नेतृ हुन् । निडर, हक्की स्वभावकी
नेतृ संगिता तामाङले आफ्नो राजनीतिक जीवन भने कक्षा ६ पढ्दै अनेरास्ववियु प्रारम्भिक कमिटीमा आबद्ध भई १४ वर्षकै उमेरबाट प्रारम्भ गरेको हुन् ।
काभ्रेपलाञ्चोक जिल्लाका भाषाविद एवम नेपाल सरकारका उपसचिव तत्काली दोलखाका जिल्ला शिक्षा अधिकारी डा.लोकबहादुर लोप्चनसँग विवाह पश्चात
दोलखा उनको लागि माइती जिल्ला हुन पुगे पनि करिब २० वर्ष भन्दा लामो  राजनीतिक यात्रा र लगानी दोलखामै भइसकेको कारण उनी दोलखालाई नै राजनीति
भूमि वा सेवा क्षेत्र बनाउन चाहन्छिन् त्यसैको प्रमाण हो भीमेश्वर नगरपालिकाको उपमेयरमा उनको उम्मेदवारी । प्राविधिक रूपमा उनी स्थानीय
निर्वाचनमा पछि परे पनि बदर मत समेत नियाल्दा उनले अत्यधिक लोकप्रिय मत प्राप्त गर्न सकेकी छन् ।

आगामी चुनावमा जनतामाझ गई विश्वास जितेर आवश्यक मत प्राप्त गर्ने विश्वास उनले लिएकी छिन् । तथापि, समानुपातिक बन्दसूचीमा परेर देशभरि पार्टीले
प्राप्त मतको आधारमा मात्र मनोनयन हुन सक्ने भएकोले सङ्घीय संसदमा पुग्ने उनको यात्रा प्रतीक्षाको विषय बनेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal