आज :

युक्रेन युद्धको २०० दिन पूराः रुसले खारकीभका २० स्थानमा अहिलेसम्मकै ठूलो हमला गर्यो

  • अनलाइन डबली

काठमाडौँ । रुसले युक्रेनमा सैन्य कारवाही सुरु गरेको २ सय दिन पूरा भएको छ । पहिलो दिनजस्तै अहिले पनि युक्रेनमा रुसी सेनाको हवाई र स्थल हमला जारी रहेको छ । दुई सय दिन पूरा भएसँगै रुसी सेनाले युक्रेनका खारकिभमा एकै साथ २० स्थानमा भिषण हमला गरेको छ । युक्रेनले पश्चिमा देशबाट आएका लडाकुसहित नयाँ हतियार खारकिभमा तैनाथी बढाएका क्षेत्रमा रुसी सेनाले हमला गरेको बताइएको छ । यता युक्रेनले भने रुसी सेनालाई खारकिभका केही क्षेत्रबाट पछि धकेल्न सफल भएको दाबी गरेको छ ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो सेनाले रुसी सेनाले कब्जा गरेको केही क्षेत्र फिर्ता ल्याएको बताएका छन् । उनले आफ्नो भूमी फिर्ता लिएर छोड्ने समेत बताएका छन् । दुई सय दिनसम्मको लडाइँले विश्व राजनीतिमा ठूलो फेरबदल ल्याएको छ । विश्व दुई ध्रुबमा बाँडिएको छ । अमेरिकी नेतृत्वका ध्रुब युक्रेनमा रुसविरुद्ध लडिरहेको छ । जमिन युक्रेनको भएपनि युद्ध पश्चिमा देश र रुसबीच भइरहेको छ । पश्चिमा देशहरुले जसरी पनि रुसलाई हराउने भन्दै सबै शक्ति युक्रेनमा लगाइरहेका छन् । उनीहरुले पैसा र हतियारसँगै लडाकुपनि युक्रेन पठाइरहेका छन् ।

रुसलाई चीनको नैतिक समर्थन भएपनि अहिलेसम्म कुनै सहयोग गरेको छैन । त्यस्तै, इरान, उत्तर कोरिया, बेलारुस खुलेर रुसको पक्षमा उभिएपनि सैनिक भने पठाएका छैनन् । तर, उत्तर कोरियाले पूर्वी क्षेत्र डोनबासको पुर्ननिर्माणको लागि सेना पठाएको छ । उत्तर कोरियाको सेना युद्धमा सहभागी नभएको बताइएको छ । ईयूले युक्रेनलाई थप सहयोग गर्ने घोषणा गरेसँगै रुसले युरोप निर्यात गर्ने ग्यास पाइपलाइन बन्द गरेको छ । योसँगै युरोपमा नयाँ संकट थपिएको छ । युक्रेनकै कारण बेलायत, इटलीमा सत्ता पलट भएको छ भने अन्य देशहरुमा सरकार विरोधी प्रदर्शन भइरहेका छन् । प्रदर्शनकारीहरुले युक्रेन युद्ध उसको आन्तरिक मामिला भएको भन्दै समर्थन र सहयोग गर्न नहुने माग गर्दै आएका छन् ।

यसैबीच अमेरिकाले थप हतियार सहयोग गर्ने घोषणा गरेको छ । अमेरिकाको नयाँ घोषणा र नेटोको सैन्य अभ्याससँगै बेलारुसले पनि गतिविधि बढाएको छ । बेलारुस पनि युद्धमा सहभागी हुने सक्ने बताइएको छ । नेटोले युक्रेनलाई सहयोग नरोके त्यसको गम्भीर परिणाम निस्किेन चेतावनी बेलारुसले दिएको छ ।

युक्रेन युद्धको दुई सय दिन पूरा हुँदा पनि यसको अन्त्य हुने सम्भावना देखिएको छैन । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमा प्रतिबन्दले आफूहरुलाई कुनै समस्या नभएको बताएका छन् । उनले यसको क्षति उनीहरुलाई नै भइरहेको बताए । पुटिनले आफ्नो मिसन पूरा नगरी युक्रेनबाट सेना नफर्किने घोषणा गरेका छन् । पुटिनको यो घोषणा र अमेरिकाको थप सहयोगले युक्रेन युद्ध अन्त्य हुने बन्दा पनि थप भिषण हुने संकेत गरेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal