काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का युवा नेता रवीन्द्र श्रेष्ठ काठमाडौं निर्वाचन क्षेत्र नम्बर ६ को ‘क’ बाट उम्मेदवार उठ्ने अन्तिम टुंगो लगाएका छन् । केपी शर्मा ओलीको नेतृत्वको सरकार हुँदा गुठी आन्दोलनमा अग्र स्थानमा सक्रियताका साथ आन्दोलनको नेतृत्व समेत गरेका स्थापित युवा नेता श्रेष्ठले काठमाडौं ६ को ‘क’ मा माओवादी केन्द्रका एक जुझारु युवा नेताकारुपमा परिचित छ ।
नेकपा माओवादी नेवा राष्ट्रिय मुक्ति मोर्चा र मंका खल :मा अवद्दा भएर नेवार संस्कृति, पहिचानका आन्दोलनमा निकै सक्रिय रहदै आएका रवीन्द्र श्रेष्ठ राजनीतिक विरासतसँग जोडिएका, स्वतन्त्र चिन्तन राख्ने युवा नेताका रुपमा राजनैतिक वृत्तमा परिचय रहेको छ । उनको सहोदर दाजु राजेन्द्र श्रेष्ठ हाल जनता समाजवादी पार्टीका तर्फबाट संघमा मन्त्री छन् ।