आज :

राष्ट्रपतिद्वारा इन्द्रजात्रा अवलोकन – ( फोटोहरु )

  • बुद्धशरण शाही

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले वसन्तपुर स्थित गद्दी बैठक पुगेर श्रीकुमारी, श्रीगणेश र श्रीभैरवको दर्शन गर्नु भयो  । राष्ट्रपतिले वसन्तपुर गद्दी बैठकबाट इन्द्रजात्राको अवसरमा विभिन्न देवदेवताको गण, पुलुकिसी , सवःभक्कु( आकास भैरव ) , महाकाली, लाखे आदिले पनि तिनै देवदेवताको रथ जात्रा अवलोकन गर्नु भयो ।

आज कुमारी रथ जात्राको पहिलो दिन कुमारी ,गणेश र भैरवको तीनैवटा रथले तल्लो टोल  शहर परिक्रमा गरेका छन् ।

भाद्र शुक्ल चतुर्दशीका दिन मुख्यरूपमा मनाइने इन्द्रजात्रा अवलोकनका लागि प्रधानमन्त्री, संवैधानिक निकायका प्रमुख, मन्त्रिगण, नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधिलगायतको सहभागिता थियो ।मल्ल राजा जयप्रकाश मल्लले ने. स ८७६ देखि रथा रोहण प्रारम्भ गरिएको मानिनिछ ।

शुक्रबार कालभैरव अगाडी  इन्द्रध्वजा ठड्याएसँगै सुरु भएको  येँया (इन्द्रजात्रा )  काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानमा पनि मनाइन्छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवदेवताको पूजाआजा गरी आठदिनसम्म मनाइन्छ ।

यसरी लिङ्गो ठड्याइने प्रक्रियालाई ‘इन्द्रध्वजोत्थान’ पनि भनिन्छ । लिङ्गोको फेदमा भैरवको पूजा गरिन्छ । शत्रु पराजय भएपछि विजय मनाउने पर्वका रुपमा इन्द्रजात्रा मनाउने गरिएको हो । इन्द्रध्वजको पूजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रुपमा पनि इन्द्रजात्रालाई लिइन्छ ।

फोटो – बुद्ध शरण शाही

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal