आज :

एकथरी मानिस मलाई हराउन लागेका छन्, ब्याटल जारी छ : प्रचण्ड

  • अनलाइन डबली

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकथरी मानिस आफूलाई चुनाव हराउन लागिपरेको बताएका छन् ।

जनता समाजवादी पार्टी (जसपा)बाट आएका चितवनका नेता कार्यकर्तालाई शुक्रबार पार्टीमा स्वागत गर्दै प्रचण्डले आसन्न प्रतिनिधिसभा चुनावमा चितवन क्षेत्र नम्बर ३ बाटै लड्ने बताए ।

देशका विभिन्न स्थानबाट चुनाव लड्न आउन आग्रह गरेपनि अहिले चितवन छोड्नु आफ्नो र पार्टीका लागि उपयुक्त नहुने बताए । तर हिजो निरंकुशताको समयमा हालिमुहाली गरेको तप्काले आफूलाई हराउन चाहेको उनले बताए ।

‘एकथरी तत्काल चुनावबाटै हराइदियो भने खेल खत्तम भनेर लागेको छ,’ पार्टी कार्यालय, पेरिसडाँडामा भएको कार्यक्रममा प्रचण्डले भने, ‘सबैलाई भन्ने गरिन्छ, तर मुख्य टार्गेट चाहिँ प्रचण्ड हो ।’

उनले अघि भने, ‘यो देशमा मधेसी, दलित महिला सबैलाई पहिचान दिलाउने गरी यो देशलाई संघीय लोकतान्त्रिक गणतन्त्रमा ल्याइपुर्याउनु प्रचण्डको गल्ती हो ? श्रीमान गम्भीर नेपाली भन्ने ठाउँमा सयौं थुंगा फूलका हामी भन्ने राष्ट्रिय गान गाउने ठाउँमा ल्याउन गल्ती हो ?’

तर एकथरी मानिस ‘प्रचण्ड भनेको अस्थिरताको कारक हो, यो रहँदासम्म सुख दिने भएन’ भनेर हराउनुपर्छ भनेको लागेको उनले बताए ।

आफूलाई सिध्याउने निरंकुशतावादी सामन्ती वर्गको चाहना भएको भएको भन्दै उनले भने, ‘हाम्रो वर्गका चाहना बचाउनु पनि पर्छ, जिताउनुपर्छ भन्ने छ । कसले जित्छ भन्ने फैसला भइसकेको छैन, ब्याटल जारी छ ।’

माओवादीले राम्रैसँग चुनाव जित्ने र देशको निर्णायक शक्तिका रुपमा आउने उनको विश्वास छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal