
अछाम । नेकपा (माओवादी केन्द्र) अछामले आगामी चुनावको लागि संघ र प्रदेशका उम्मेदवारको नाम टुंग्याएको छ । क्षेत्र नं. २ को प्रतिनिधिसभा प्रत्यक्षतर्फ शरद सिंह भण्डारी, रामप्रसाद तिमिल्सिना, अक्कल बहादुर रावल र डम्बर बहादुर रावल र सामानुपातिकतर्फ जानकी साउद रावल र नितेष रिमाललाई सिफारिस गरेको छ ।
त्यस्तै क्षेत्र नम्बर दुई प्रदेशसभा क प्रत्यक्षतर्फ अक्कलबहादुर रावल, जोरा सिंह विष्ट, जगत भुल, जानकी साउद, पुष्प न्यौपाने, भुपेन्द्र प्रसाद जैसी, रामबहादुर बिक, रामप्रसाद तिमिल्सिना, रतनबहादुर बिक, रणबहादुर विष्ट र शरद सिंह भण्डारीलाई सिफारिस गरेको छ । त्यस्तै, सामानुपातिकतर्फ अम्मर बहादुर बिक, उदयबहादुर विष्ट, गोरीकला रोकामगर, दिपक रोकामगर, पैले दमाई, मोतिकला चलाउने, शोधरा शाही, रवी कामी र जसुता विष्टलाई सिफारिस गरिएको छ ।
क्षेत्र नम्बर १ अन्तरगत प्रतिनिधिसभा प्रत्यक्षतर्फ गोविन्द्र साउद सिफारिस भएका छन् । त्यस्तै, प्रदेशसभा ख अन्तरगत प्रत्यक्षतर्फ अर्जुन धामी, झपड साउद, झंकर साउद, दिपक साउद, सरस्वती रावल, नैनबहादुर शाह, लोकबहादु बोहरा, रविन्द्र साउद, लोकहादुर बोहरालाई सिफारिस गरेको छ । समानुपातिकतर्फ अमर बहादुर लुहार, ईश्वरी कुमार थापा, डम्बर रोकाया, टंका कुमार विश्वकर्मा, निर्मला कुमारी साउद, र पर्वत विश्वकर्मालाई सिफारिस गरेको छ ।
त्यस्तै, प्रदेशसभा क अन्तरगत प्रत्यक्षतर्फ टेक बहादुर थापा, भरत बहादुर स्वार र शंकरमान बोहोरा सिफारिसमा परेका छन् भने समानुपातिकतर्फ गंगा रावल, राम बहादुर थापा, चन्द्रकला काफ्ले, पुजा बुढा, बैजन्ती कुँवर, मिना अधिकारी कुँवर, सरस्वती बुढा, कम्माने हुड्के, दिपक बहादुर सुनार, नवराज बिक, मिन बाब्ली, प्रेम बिक, सुरत भुल सिफारिस भएका छन् ।