आज :

अपूर्व क्षितिज साधारण तारिखमा रिहा

  • अनलाइन डबली

काठमाडौं ।  कमेडियन अपूर्व क्षितिज ११ औ दिन पछी आज  प्रहरी हिरसतबात रिहा भएको छ ।

काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयका प्रमुख गंगा पौडेलका अनुसार अपूर्वलाई कोरोना पुष्टि भएपछि उपचार गर्न भन्दै पछि उपस्थित हुने गरी साधारण तारिखमा  रिहा गरिएको हो ।

नेवाः समुदायको भाषा, संस्कृति, परम्परा, रितीति रिवाजको कमेडि सो को नाममा अपमान गरी समुदायकै मजाक बनाएपछि चर्को विरोध भएको थियो ।

नेवाः अभियान्ताहरुले अपूर्वलाई पक्रा गरी कार्वाहीको माग गर्दै महानगरीय परहरी परिसर काठमाडौँमा उजुरी गरेपछि उनले  भदौ १२ मा स्वयं  प्रहरी समक्ष उपस्थित भएका  थिए ।

प्रहरी परिसर काठमाडौँ  टेकुको हिरासतमा राखिएका अपूर्व बिरामी भएपछि प्रहरीले गत मंगलबार उपचारका लागि वीर अस्पताल भर्ना गरेको थियो ।

जिल्ला अदालत काठमाडौंले बुधबार मात्रै  अपूर्वलाई थप पाँच दिन हिरासतमा राख्न प्रहरीलाइ अनुमति दिएको थियो ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal