आज :

प्रचण्डका स्वकीय सचिव रमेश मल्ल सल्यानबाट सिफारिस

  • अनलाइन डबली

काठमाडौं । नेकपा (माओवादी केन्द्र) सल्यानले अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्ल र टेकबहादुर बस्नेतलाई प्रतिनिधिसभा सदस्य उम्मेदवारमा सिफारिस गरेको छ । जिल्ला पार्टीको बैठकले दुई जनाको नाम सिफारिस गरेको हो ।

अहिले पनि सांसद रहेका बस्नेतले नछोडेपछि दुई जनाकै नाम सिफारिस गरिएको बताइएको छ । अखिल क्रान्तिकारीका पूर्व अध्यक्ष समेत रहेका मल्ललाई एकल सिफारिस गर्न कार्यकर्ताहरुले जोड गरेका थिए तर सहमति नजुटेपछि दुबै जनाको नाम सिफारिस गरिएको एक नेताले बताए ।

त्यसैगरी संघीय क्षेत्रकै लागि समानुपातिकमा कमल विक, दिलमाया बुढामगर र रत्नवबहादुर वलीको नाम सिफारिस भएको छ। प्रदेशसभा ‘क’ तर्फ भीमप्रकाश शर्मा र प्रदेशसभा ‘ख’ तर्फ चित्रबहादुर केसीको नाम सिफारिस भएको नेकपा माओवादी केन्द्र सल्यानले जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal