आज :

माओवादी केन्द्रका प्रवक्ता महरा र उपमहासचिव पुन रोल्पाबाट सिफारिस

  • अनलाइन डबली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का प्रवक्ता कृष्णबहादुर महरा प्रतिनिधिसभा सदस्य उम्मेदवारको लागि रोल्पाबाट सिफारिस भएका छन् । त्यस्तै, उपमहासचिव वर्षमान पुन पनि रोल्पाबाटै सिफारिस भएका छन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको लागि जयपुरी घर्ती, ओनसरी घर्ती, कुलप्रसाद केसी र झक्कु सुवेदी पनि सिफारिस गरिएको छ ।

प्रतिनिधिसभा तर्फ समानुपातिकमा तारा घर्तीको एकल नाम सिफारिस गरिएको छ । त्यस्तै, प्रदेशसभातर्फ दुई निर्वाचन क्षेत्रमा प्रदेश सभा (क) प्रत्यक्ष तर्फ जोखबहादुर महरा, सुकबहादुर रोका ‘शरद’, गुणेन्द्र घर्ती र पूर्ण के.सी.लाई सिफारिस गरिएको छ ।

त्यसैगरी लुम्बिनी प्रदेशका मुख्यमन्त्री समेत रहेका नेता कुल प्रसाद केसी प्रदेश सभा (ख) प्रत्यक्ष तर्फ सिफारिसमा परेका छन् । त्यस्तै दिपेन्द्र कुमार पुन, निमाकान्त डाँगी र राजबहादुर बुढालाई प्रत्यक्ष तर्फ नै सिफारिस गरिएको माओवादी केन्द्र रोल्पाले जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal