आज :

न्यायोचित तवरले सिट बाँडफाँट नभए गठबन्धनको अर्थ हुँदैन : उपेन्द्र यादव

  • अनलाइन डबली

वीरगञ्ज । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले न्यायोचित तवरमा सिटको बाँडफाँट नगर्ने हो भने गठबन्धनको अर्थ नभएको बताएका छन् ।

वीरगञ्जमा स्थापना भएको मधेस विश्व विद्यालयको कार्यालय भवनको उद्घाटन गर्दै अध्यक्ष यादवले भने ‘तालमेल गर्दा न्यायोचित हिस्सा र भागेदारी भएन भने यस खालका गठबन्धनको कुनै अर्थ रहँदैन । सब दललाई वीन वीन हुने गरी अगाडि बढ्नुपर्छ ।’

गठबन्धनमा जसपाले ३२ सिट दाबी गरेको पनि उनले बताए । ‘हुन त हाम्रो दाबी ३२ सिटमा छ । यो छलफल र समझदारीको विषय हो, समझदारी गर्दा कहाँ गएर टुंगिन्छ । त्यसलाई स्वीकार गरेरै अघि बढ्छौं’, उनले भने ।

सिट बाँडफाँट कार्यादललाई प्रतिवेदन बुझाउन भनिएको बताउँदै उनले त्यो प्रतिवेदन आएपछि नेताहरुसँग बसेर छलफल गरी बाँकी बाँडफाँट टुंग्याउने उनले बताए ।

बुधबार मधेस विश्व विद्यालयको स्थापना सभामा सरिक भएका यादवले बिहीबार बिहान नेशनल ट्रेडिङमा रहेको कार्यालयको उद्घाटन गरेका थिए ।

नेसनल ट्रेडिङको १५ कठ्ठा जमिन लिएर विश्व विद्यालयको कार्यालय स्थापना गरिएको छ । पर्सा जिल्लामा १ सय विघा जमिन खोजेर विश्व विद्यालयका लागि अन्य पूर्वाधार निर्माणको काम अघि बढाउने तयारी छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal