आज :

रुसद्वारा युरोपमा ‘ग्यास बम’ प्रहार, अन्धकारसँगै हाहाकार, बाइडनले पनि बचाउन नसक्ने

  • अनलाइन डबली

काठमाडौँ । रुसले युरोप सप्लाई हुने ग्यास पाइपलाइन बन्द गरेको छ । तीन दिनको लागि भनिएको नोर्ड स्ट्रिम १ ग्यास पाइपलाइन अनिश्चितकालिन रुपमा बन्द गरेको रुसले जनाएको छ । सोमबार रुसी राष्ट्रपति कार्यलय क्रेमलिनले आफ्नो देशमाथिको पश्चिमी प्रतिबन्ध नहटाएसम्म ग्यास सूचारु नहुने जानकारी दिएको छ ।

रुसको यो कदमलाई युरोपमा ग्यास ब’म प्रहार गरेको अर्थमा लिइएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । योसँगै अब युरोपमा विजुली संकट पैदा हुने निश्चित भएको छ । युरोपमा सोमबार एकैदिन विजुलीको मूल्य ३० प्रतिशतले बढेको छ भने यूरो दश बर्षयताकै कमजोर भएको छ । योसँगै युरोपमा महंगी बढ्ने निश्चित भएको छ ।

युरोपमा रुसी ग्यासको निर्भरता रहेको छ । युरोपका देशमा ८० देखि १०० प्रशित निर्भरता रहेको बताइएको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता दिमित्री पेस्कोभले सोमबार नोर्ड स्ट्रिम १ पाइपलाईन बन्द गर्नुको एक मात्र कारण पश्चिमी प्रतिबन्ध भएको स्पष्ट पारेका छन् । ग्यास आपूर्ति गर्ने पाइपलाइनबाट तेल चुहिएको भन्दै रुसले बन्द गरेको उनले बताए ।

प्रबक्ता पेस्कोभले भने, “युरोपमा ग्यास आपुर्ति रोकिनुको एक मात्र कारण हाम्रो देशविरुद्ध लागु भएको प्रतिबन्ध नै हो । प्रतिबन्धले पाइपहरूको मर्मतसम्भावलाई कठिन बनाएको छ । साथै उचित कानुनी ग्यारेन्टीबिना यसमा आवश्यक उपकरण रुस भित्र्याउन पनि कठिन भइरहेको छ । त्यसैले पश्चिमी राज्यले थोपरेको प्रतिबन्धको कारण अहिलेको स्थिति निम्त्याएको हो ।”

रुसको सरकारी उर्जा कम्पनी ग्याजप्रोमले शुक्रबार औपचारिक रुपमोर्ड स्ट्रिम १ को टरबाईन अनिश्चितकाललाई बन्द गरेको जानकारी दिएको थियो । त्यसअघि उसले पाइपमा केही चुहावट भएकाले मर्मतका लागि तीन दिन आपुर्ति रोकिने बताएको थियो । सन् २०११ देखि संचालनमा रहेको नोर्ड स्ट्रिम १ पाइपलाईन रुसबाट पश्चिम युरोप ग्यास आपुर्ति गर्ने सबैभन्दा ठूलो एकल पाइप हो ।

रुसी राष्ट्रपति भ्लोदिमिर पुटिनले युरोपबारे अहिलेसम्मकै कठोर निर्णय दिएको बताइएको छ । रुसमाथि चौतर्फी नाकाबन्दी गरिएपनि पुटिनले युरोपका नागरिकलाई संकट पार्ने बताउँदै ग्यास सुचारु गर्न निर्देशन दिएका थिए । तर, ईयूले युक्रेनलाई थप हतियार दिएसँगै रुसले ग्यास आपूर्ती ठप्प पारेका छ ।

रुसको यो कठोर निर्णयसँगै युुरोपमा एकै दिन उर्जा मुल्य ३० प्रतिशतले बढेको छ । त्यस्तै, रुसी निर्णयले युरोको मुल्यमासमेत अहिलेकै गिरावट आएको छ । सोमबार युरोको मूल्य दस वर्ष यताकै न्युन बिन्दु अर्थात ०.९९ डलर तल झरेको थियो ।

उर्जा संकटको जोखिममा रहेको अर्को ठूलो अर्थतन्त्र बेलायतको मुद्रा पाउण्डमा पनि ०.५ प्रतिशतले गिरावट आएर अढाई वर्ष यताकै न्युन अर्थात १.१४४४ डलर पुगेको छ । गोल्डम्यान स्याक्सका एक रणनीतिकार माईकल क्याहिलका अनुसार युरोको मुल्य थप अवमूल्यन हुने बताए ।

रुसले ग्यास पाइपलाइन सुचारु नगरे युरोपमा अन्धकारसँगै हाहाकार मच्चिने बताइएको छ । जाँडोमा जाम र जनजीवन कष्टकर हुने बताइएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युरोपले युक्रेनलाई साथ दिएर ठूलो गल्ती गरेको र त्यसको गम्भीर परिणाम निस्किने चेतावनी दिँदै आएका थिए । पुटिनले ईयूका नेताहरुले आफ्नो जनताको विरुद्ध कदम चालेको बताएका थिए ।

रुसी अधिकारीहरुले युक्रेनलाई सहयोग जारी राखे ग्यास बन्द गरिदिने  चेतावनी दिएका थिए । त्यसलाई बेवास्ता गर्दै ईयूले हालै युक्रेनलाई नयाँ सहयोग घोषणा गरेको थियो । ईयूको नयाँ सहयोगसँगै राष्ट्रपति पुटिनले ग्यास पाइपलाइन बन्द गर्ने आदेश दिएको बताइएको छ । युरोपको नयाँ संकटबाट अमेरिकाले समेत बचाउन नसक्ने बताइएको छ ।

युक्रेनलाई सहयोग गरेसँगै युरोपका धेर‍ै देशहरुमा राजनीतिक संकट देखा परेको छ । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले युक्रेन दुई पटक पुगेर रुसविरुद्ध खुलेआम लागेपछि प्रधानमन्त्रीबाट हट्नु परेको छ । नयाँ प्रधानमन्त्री चयन भइसकेकी छन् । त्यस्तै इटलीमा पनि प्रधानमन्त्री चयनको प्रक्रिया सुरु भएको छ । यी देश रुसविरुद्ध लागेकै कारण आन्तरिक समस्यामा फसेका थिए । भिडियो

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal