आज :

एनआरएनएका अध्यक्ष कुँवरको लगानीमा ललितपुरमा खुल्यो ‘कोरियन बार्बी क्यू’ रेष्टुरेन्ट

  • अनलाइन डबली

काठमाडौँ । गैर आवसीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष विनोद कुँवर, प्रेम गुरुङसहितको समूहको लगानीमा ललितपुरमा कोरियन बार्बी क्यू रेष्टुरेन्ट संचालनमा आएको छ । बुधबार एक कार्यक्रमबीच उक्त रेष्टुरेन्टले औपचारिक रुपमा सेवा सुरु गरेको छ ।

ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले रेष्टुरेन्टेको औपचारिक उद्घाटन गरेका थिए । उनले कोरियन परिकारका पारखीहरुले अब ललितपुरमै स्वाद लिने पाउने विश्वास व्यक्त गरे । लगानीको सुरक्षा महानरले गर्ने विश्वास दिउँदै मेयर हमर्जनले ढुक्क भएर व्यवसाय गर्न आग्रह समेत गरे । उनले भने, “कोरियन परिवकारसँगै संस्कृतिको झल्को दिनेगरी यो रेष्टुरेन्टको संचालनमा आएको छ । तपाईँहरु ढुक्क भएर व्यवसाय गर्नुस्, सुरक्षा महानगरले गर्छ ।”

कार्यक्रममा एनआरएनएका अध्यक्ष कुँवरले स्वागत गर्दै कोरियामा पसिना बगाएर कमाएको सीप प्रयोग गरी रेष्टुरेन्ट संचालन गरेको जानकारी दिए । स्वादेशमै रोजगारी दिने र स्वदेशमै लगानीको वातावरण बनाउन बार्बीक्यू संचालन गरिएको बताउँदै कुँवरले कोरियाका उत्कृष्ट परिकारको स्वाद अब नेपालमै लिन पाइने बताए ।

“कोरियामा आर्जन गरेको सीप र पैसा लगानी गरी स्वादेशमै रोजगारी सिर्जना गर्ने उद्देश्यले बार्बी क्यू संचालन गरेका छौं । यसमा बर्षौं कोरियामा बसेर फर्केकाहरुको लागनी रहेको छ, यसले आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सहयोग पुर्याउने विश्वास लिएका छौं” अध्यक्ष कुँवरले भने ।

त्यसैगरी रेष्टुरेन्टका संचालक प्रेम गुरुङले नेपालमै पनि कोरियन खानाको स्वाद पस्किन रेष्टुरेन्ट संचालनमा गरिएको बताए । उनले नेपालमा कोरियन खानको स्वादका पारखीहरु बढ्दै गएको बताउँदै त्यसलाई मध्यनजर गरेर रेष्टुरेन्ट संचालन गरिएको बताए । उनले कोरियामा सीप सिकेका युवाहरुले रोजगारी पाएको जानकारी समेत दिए ।

ललितपुरको एकान्टकुनामा रहेको उक्त बीबीक्यूमा कोरियन परिकारबाट नेपालीलाई सेवा दिने बताइएको छ । परिकारसँगै कोरियन संस्कृतिको झल्को दिनेगरी बार्बी क्यूको सजावट गरिएको छ । ग्राहकको चाहनालाई मध्यनगर गर्दै सन्तुलित प्रदान गर्ने सवालमा खानाको गुणस्तरलाई प्राथमिकतामा राखेको रेष्टुरेन्टले संचालकले दाबी गरेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal