आज :

इन्द्र जात्रा (येँया पुन्हि) आज बाट सुरु

  • बुद्धशरण शाही

काठमाडौं । काठमाडौं उपत्यकाको पराम्परागत जात्र इन्द्र जात्रा (येँया पुन्हि) आज ( बुधबार ) बाट सुरु भएको छ ।

काठमाडौ दरवार हनुमानढोकाको कालभैरव अगाडी शुक्रबार विहान सात बजेर पन्ध्र मिनेटको  शुभसाईतमा विधिवत रुपमा इन्द्र ध्वजा( यःसिं) ठड्याएसँगै यस बर्षको इन्द्रजात्रा शुरु भएको हो ।

उपत्यकाको काठमाडौं, भक्तपुर, ललितपुरमा नेवारहरुले धुमधामसँग मानाउने गर्दछन भने उपत्यका बाहिरका नेवार बाहुल्य स्थानहरु दोलखा, धुलिखेल लगायतका स्थानमा पनि मनाईन्छ ।

उपत्यकामा भाद्र शुल्क द्वादशीका दिनदेखि ८ दिनसम्म मनाइने यो पर्वको औपचारिक शुरुवात इन्द्रधजा स्वरुप लिंगो ठड्याएर गरिन्छ । जसलाई नेवार भाषामा यः सिं भनिन्छ ।

नेपाल भाषामा ‘ यःसिं ’ भनिने उक्त लिंगोमा मंगल सूचकका विभिन्न चिह्न अङ्कित पताका झुन्ड्याएको हुन्छ । उक्त लिंगो ठड्याएपछि फेंदमा हात्ती चढेको सुनको जलप लगाइएको इन्द्रको प्रतिमा राखेर पूजा गरिन्छ र लिंगो ठड्याउँदा नेपाली सेनाको ब्यान्ड, गुरुजुको पल्टन र पञ्चेबाजा समूहले मंगलधुन बजाउँछन ।

इन्द्रजात्रा विदेशमा पनि नेवार समुदायहरुले हर्षोउल्लासका साथ मनाउने गरेको पाईन्छ ।

भिडियोको लागि यो लिंकमा प्रवेस गर्नुहोस -https://www.facebook.com/100003728166727/videos/842666470053539/

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal