आज :

पुटिनको अहिलेसम्मकै कठोर निर्णय ! यूरोपमा एकैदिन ऊर्जाको मूल्य ३० प्रतिशत बढ्यो, यूरो अहिलेसम्मकै कमजोर

  • अनलाइन डबली

काठमाडौँ । रुसले युरोप आपूर्ती हुने ग्यास पाइपलाइन बन्द गरेको छ । मर्मत सम्भारको लागि भनि बन्द गरिएको नोर्ड स्ट्रिम १ पाइपलाइन आफ्नो देशमाथि लगाइएको प्रतिबन्ध नहटाएसम्मको लागि बन्द गरेको छ । सोमबार रुसी राष्ट्रपति कार्यलय क्रेमलिनले आफ्नो देशमाथिको पश्चिमी प्रतिबन्ध नहटाएसम्म ग्यास सूचारु नहुने जानकारी दिएको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता दिमित्री पेस्कोभले सोमबार नोर्ड स्ट्रिम १ पाइपलाईन बन्द गर्नुको एक मात्र कारण पश्चिमी प्रतिबन्ध भएको स्पष्ट पारेका छन् । ग्यास आपूर्ति गर्ने पाइपलाइनबाट तेल चुहिएको भन्दै रुसले बन्द गरेको पाइपलाइन बन्द गरेको हो ।

“युरोपमा ग्यास आपुर्ति रोकिनुको एक मात्र कारण हाम्रो देशविरुद्ध लागु भएको प्रतिबन्ध नै हो । प्रतिबन्धले पाइपहरूको मर्मतसम्भावलाई कठिन बनाएको छ । साथै उचित कानुनी ग्यारेन्टीबिना यसमा आवश्यक उपकरण रुस भित्र्याउन पनि कठिन भइरहेको छ । त्यसैले पश्चिमी राज्यले थोपरेको प्रतिबन्धको कारण अहिलेको स्थिति निम्त्याएको हो” प्रबक्ता पेस्कोभले भनेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् ।

रुसको सरकारी उर्जा कम्पनी ग्याजप्रोमले शुक्रबार औपचारिक रुपमोर्ड स्ट्रिम १ को टरबाईन अनिश्चितकाललाई बन्द गरेको जानकारी दिएको थियो । त्यसअघि उसले पाइपमा केही चुहावट भएकाले मर्मतका लागि तीन दिन आपुर्ति रोकिने बताएको थियो । सन् २०११ देखि संचालनमा रहेको नोर्ड स्ट्रिम १ पाइपलाईन रुसबाट पश्चिम युरोप ग्यास आपुर्ति गर्ने सबैभन्दा ठूलो एकल पाइप हो ।

रुसी राष्ट्रपति भ्लोदिमिर पुटिनले युरोपबारे अहिलेसम्मकै कठोर निर्णय दिएको बताइएको छ । रुसमाथि चौतर्फी नाकाबन्दी गरिएपनि पुटिनले युरोपका नागरिकलाई संकट पार्ने बताउँदै ग्यास सुचारु गर्न निर्देशन दिएका थिए । तर, ईयूले युक्रेनलाई थप हतियार दिएसँगै रुसले ग्यास आपूर्ती ठप्प पारेका छ ।

रुसको यो कठोर निर्णयसँगै युुरोपमा एकै दिन उर्जा मुल्य ३० प्रतिशतले बढेको छ । त्यस्तै, रुसी निर्णयले युरोको मुल्यमासमेत अहिलेकै गिरावट आएको छ । सोमबार युरोको मूल्य दस वर्ष यताकै न्युन बिन्दु अर्थात ०.९९ डलर तल झरेको थियो । उर्जा संकटको जोखिममा रहेको अर्को ठूलो अर्थतन्त्र बेलायतको मुद्रा पाउण्डमा पनि ०.५ प्रतिशतले गिरावट आएर अढाई वर्ष यताकै न्युन अर्थात १.१४४४ डलर पुगेको छ । गोल्डम्यान स्याक्सका एक रणनीतिकार माईकल क्याहिलका अनुसार युरोको मुल्य थप अवमूल्यन हुने बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal