आज :

प्रभु बैंक र बाबा फुड्स एण्ड रेस्ट्रोबीच आकर्षक छुट सम्झौता

  • अनलाइन डबली

काठमाडौँ । प्रभु बैंक लिमिटेड र जनकपुरस्थित बाबा फुड्स एण्ड रेस्ट्रो प्रा. लि. बीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट प्रदेश २ का मुख्य व्यवसाय केन्द्र अधिकारी भुषण प्रसाद गुप्ता र बाबा फुड्स एण्ड रेस्ट्रा क। तर्फबाट प्रबन्ध निर्देशक बिश।ल साहले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका सम्पूर्ण ग्राहकहरुले बाबा फुड्स एण्ड रेस्ट्रद्वारा सञ्चालित ‘फुड’ र ‘वेभरेज’ सेवामा ७ प्रतिशत छुट प्राप्त हुने भएको छ ।

सम्झौतामा बाबा फुड्स एण्ड रेस्ट्रोमा सुविधा लिन चाहने प्रभु बैंकका ग्राहकहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, बाबा फुड्स एण्ड रेस्ट्रोका सेवाहरुमा आकर्षक छुट प्राप्त हुने उल्लेख छ । यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहक महानुभावहरु लाभान्वित हुनुहुनेछ भन्ने बैंकले विश्वास लिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal