आज :

निर्वाचनलगत्तै सडक संघर्षमा जाने प्रचण्डको घोषणा

  • अनलाइन डबली

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनलगत्तै आफू सडक संघर्षमा जाने बताएका छन्।

निर्वाचन प्रणाली र शासकीय प्रणाली बदल्दै मुलुकलाई रूपान्तरण गर्न आफू निर्वाचनपछि सडक संघर्षमा जाने उनको भनाइ थियो।

आइतबार काठमाडौंमा आयोजित ‘समाजवादको नेपाली मार्गचित्र’ विषयक विचार गोष्ठीमा बोल्दै उनले संघीयता, गणतन्त्र र धर्मनिरपेक्षतामाथि प्रहार भएकाले आफू सबैभन्दा बढी छटपटीमा परेको र त्यसको निकासका लागि निर्वाचन लगत्तै आफू र आफ्नो नेतृत्वमा सडक आन्दोलनमा जाने योजना आफूले पार्टीभित्र तय गरिसकेको पनि बताए।

‘अहिले त चुनाव आईनै सक्यो। प्रदेश र संघको निर्वाचनको संघारमा छौं हामी। अहिले सबैभन्दा बढी छटपटी र चिन्तित पनि म छु। संघीयता र गणतन्त्रमाथि जसरी प्रहार भईराखेको छ। हेर्नुहोला–चुनावपछि म यो प्रणाली बदल्नका लागि सडकमा जान्छु’, उनले भने, ‘सडकबाट मात्रै समाजवादको परिकल्पना जो संविधानमा गर्न खोजेको हो। मैले कम्युनिष्ट पार्टी एकता गर्दा पनि समाजवादतिर लैजाने कुरा गरेको छु। त्यसलाई प्राप्त गर्न अब एकचोटी फेरी र यो मेशिनरी बदल्नका लागि निर्वाचन मेशिनरी र शासन मेशिनरी बदल्नको निम्ति जनतामा जानुको कुनै विकल्प छैन।’

अध्यक्ष दाहालले समाजवादको यात्रालाई सुनिश्चित गर्न आफूले तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता गरेको तर त्यो टिक्न नसकेको पनि स्मरण गराए।

उनले एक वर्षभित्र मुलुकमा आफू नेतृत्वको सडक संघर्ष हुने र त्यसले मुलुकमा विद्यमान शासन प्रणाली र निर्वाचन प्रणालीमा सुधार ल्याई राजनीति क्षेत्रमा देखिएका सबै विकृति र विसंगतिको अन्त्य हुने दाबी गरे। त्यसका लागि कम्युनिष्ट पार्टीबीच एकता गरेर अघि बढ्ने अध्यक्ष दाहालको भनाइ थियो।

‘मैले जतिखेर माओवादी केन्द्रको अध्यक्षको हैसियतले एमालेका अध्यक्ष केपी ओलीजीसँग बाम गठबन्धन गरौं, कम्युनिष्ट एकता गरौं, देशमा बामपन्थी जनमत धेरै ठूलो छ। हामीले देशमा राजनीतिक स्थायित्व पनि र समाजको महानयात्रातिर जान सकिन्छ। अब बौद्ध भिक्षु रहेसम्म घण्टी बजाउने हिसावले कहीँ पनि पुग्दैनौं। हामी छोडदिउ आग्रह पूर्वाग्रह, हाम फालौं एकचोटी मैले नै भनेको हो’, उनले भने, ‘त्यो अरुले भनेको होईन। मैले निरन्तरतामा क्रमभंगता गर्नकै लागि त्यो भनेको हो। तर, त्यो सफल भएन। सफल हुन दिइएन । धेरै कारणहरु छन। त्यत्तापटि जान्न।’

उनले अगाडि भने, ‘तपाईँ अहिलेको निर्वाचन प्रणालीलाई कायमै राख्ने, अनि बडो भ्रष्टाचारमुक्त विकृति मुक्त समाज निर्माण गर्ने कुरा गर्नु भयो भने त्यो सम्भव छैन। तपाईले निर्वाचन प्रणाली बदल्नैपर्छ। यो मेसिनरीले पार्टी नेताहरुलाई पनि भ्रष्टिकरणको बाटोमा पुर्‍याउँछ, चुनाव जित्न पैसा चाहिन्छ। पैसा दलाल पुजिपतिसँग हुन्छ। मुलुकलाई अघि बढाउन कार्यकारी अधिकारसहित प्रत्यक्ष निर्वाचित शासन प्रणाली हुुनुपर्छ।

अध्यक्ष दाहालले संसद विघटन हुँदा भएको सडक आन्दोलनकै कारण त्यसको पुनर्स्थापना गर्न आफूहरु बाध्य भएको भनेर निलम्वित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले स्वीकार गरेको स्मरण गराउँदै आफूहरु सोही आन्दोलनकै बाटोबाट अघि बढ्ने पटकपटक दोहोर्‍याए।

‘तपाईहरुले देख्नुभयो–अस्ती चोलेन्द्र शमशेर राणाले संसदीय सुनुवाई समितिमा गएर बयान दिँदा उहाँले भन्नुभयो। म घेराबन्दीमा परे। सडकको घेराबन्दीमा परे भनेर भन्न छोडनु भएको छैन। त्यो सडकको घेराबन्दीको नेतृत्व मैले गरेको हो,’ उनले भने।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal