आज :

रञ्जन कोइरालाको मुद्दाबारे चोलेन्द्रशमशेर राणाले दिए यस्तो अनौठो बयान, प्रश्नकर्ता नै तिनछक

  • अनलाइन डबली

काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको बयान २५ गतेसम्मका लागि स्थगित गरिएको छ । महाभियोग सिफारिस समितिको आइतबारको बैठकले अर्को बैठक भदौ २५ गते बस्नेगरी स्थगित गरेको हो ।

आइतबार तेस्रो दिनको बैठकमा राणाले ५ वटा प्रश्नको जवाफ दिएका थिए । योसँगै राणाले ४३ मध्ये ११ वटा प्रश्नको जवाफ दिएका छन् । आइतबार रन्जन कोइरालाको फैसलाबारे सोधिएको प्रश्नमा उनले २० वर्ष कैद घटाउनुपर्नाको कारणमा छोरा रोइकराई गरेको तर्क पेश गरेका थिए ।

‘रञ्जन कोइरालाको मुद्दाका विषयमा न्यायधीशलाई विवेक प्रयोग गर्न दिने ठाउँ हुने भएकोले उनको पारिवारिक अवस्था सुनेर विवेक प्रयोग गरेको हुँ । जवराले यो विषयमा गल्ती गरेको जस्तो महसुस गर्नुभयो’, समितिका सदस्य मीन विश्वकर्माले भने ।

राणाले कोइरालाको मुद्दामा २० बाट घटाएर ८ वर्षमा झारेका थिए । त्यस्तै राणाले उक्त मुद्दामा आफुलाई पछुतो भएको समेत बताएका छन् ।आज बसेको बैठकमा राणालाई सोध्ने प्रश्न र बैठकको विधि परिमार्जन गरिएको थियो ।

यसअघि प्रश्न सोध्दा समय लम्बिएको र झन्झटिलो भएकोले विधि परिमार्जन गरिएको विश्वकर्माले बताए । ‘आज हामीले बैठकको विधि परिवर्तन गर्यौं । हामीले यसअघि २ दिनमा ६ वटा मात्रै प्रश्नको उत्तर लिँदा निकै लामो भयो भन्ने लागेर यसको विधि परिमार्जन गर्यौं । त्यसैले आज एक घण्टामै ५ वटा प्रश्न सोध्यौं ।’

आजको बैठकमा राणालाई पहिले सरासर प्रश्न सोधिएको थियो । त्यसपछि उनले हस्ताक्षर गरेको कपि पछि मात्रै आधिकारिकतामा आधारित प्रतिप्रश्न गरिएको थियो ।

जसका कारण एक घण्टामै ५ वटा प्रश्न सोधिएको विश्कर्माले बताए । आज कार्यव्यवस्था परामर्श समिति र संसद बैठक भएकोले समितिको बैठक छोटो भएको उनले बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal