आज :

नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजीत बुढाथोकीलाई मातृशोक

  • अनलाइन डबली

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी माओवादी (समाजवादी)का अध्यक्ष कर्णजीत बुढाथोकी ‘सुशील’ लाई मातृ शोक परेको छ । हुम्लाको सर्केगाड गाउँपालिका–६ बराईस्थित घरमै सुशीलकी ८५ बर्षीय आमा मिमकला बुढाथोकीको निधन भएको हो ।

छाती सम्बन्धी समस्याबाट पीडित मिमकलाको यही भदौ १५ गते विहान निधन भएको थियो । मिमकलाका तीन छोराहरुमा धर्मजीत बुढाथोकी, कर्णजीत बुढाथोकी र सुरजीत बुढाथोकी र दुई जना छोरीहरुमा रेलकला बुढाथोकी र कौशिला बुढाथोकी रहेका छन् ।

जसमा जेठा छोरा धर्मजित बुढाथोकी ‘अजय’ र बुहारी (अध्यक्ष सुशीलकी जीवनसंगीनी) उपाल लामा ‘प्रगती’ ले दशवर्षे जनयुद्धमा शहिद भएका थिए । अध्यक्ष सुशीललाई विभिन्न पार्टीका नेता तथा कार्यकर्ता तथा सामाजिक अभियान्ताहरुले समवेदना दिएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal