आज :

प्रभु बैंक र सिटी जिम हेल्थ एण्ड फिटनेस सेन्टरबीच आकर्षक छुट गर्ने सम्झौता

  • अनलाइन डबली

काठमाडौँ । प्रभु बैंक लिमिटेड र पोखरास्थित सिटी जिम हेल्थ एण्ड फिटनेस सेन्टर प्रा. लि. बीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौतामा बैंकका तर्फबाट पोखरा शाखा कार्यालय प्रमुख पुष्कर शेरचन र सिटी जिम हेल्थ एण्ड फिटनेस सेन्टर प्रा. लि.का तर्फबाट अध्यक्ष गोकर्ण कार्कीले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका सम्पूर्ण ग्राहकहरुले सिटी जिम हेल्थ एण्ड फिटनेस सेन्टर प्रा. लि.ले संचालन गरेका सेवाहरुमा पाँचदेखि १० प्रतिशत छुट पाउनेछन् ।

सम्झौतामा सिटी जिम हेल्थ एण्ड फिटनेस सेन्टर प्रा. लि.मा सुविधा लिन चाहनुहुने प्रभु बैंकका ग्राहकहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा उक्त छुट प्राप्त हुने व्यवस्था मिलाईएको छ ।


सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहक महानुभावहरु लाभान्वित हुनुहुनेछ भन्ने बैंकले विश्वास लिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal