आज :

माओवादी केन्द्रले पठायो यस्तो सर्कुलर, तत्काल लागु गर्न दियो निर्देशन

  • अनलाइन डबली

काठमाडौं । नेकपा माओवादी केन्द्रको बागमती प्रदेश कमिटीले आसन्न चुनावको लागि १३ वटै जिल्लाका सबै संघ र प्रदेश निर्वाचन क्षेत्रका लागि प्रत्यक्ष र समानुपातिक उम्मेदवार छनोट गरेर पठाउन पालिका, संघ/प्रदेश निर्वाचन क्षेत्र र जिल्लाहरूलाई निर्देशन दिएको छ।

बागमती प्रदेश कमिटीको बिस्तारित बैठकले यस्तो निर्देशन दिएको प्रदेशका सचिव इन्द्रबहादुर थिङले जानकारी दिए। बैठकका निर्णय कार्यान्वयन गर्न भन्दै जारी गरेको सर्कुलरमा उम्मेदवार सकेसम्म सर्वसम्मत छनोट गर्न भनिएको छ।

नाम सिफारिस गर्दा पहिलो प्राथमिकता पार्टी प्रतिवद्धता, अनुशासन र संगठनात्मक लगाव भएका र चुनाव जित्ने सम्भावना भएका तर यसअघि निर्वाचित नभएकाहरुलाई दिनुपर्ने सर्कुलरमा उल्लेख छ।

त्यस्तै अत्यन्तै विशिष्ठ स्थिति बाहेक एकपटक समानुपातिकमा संसद भइसकेकाहरुलाई फेरि सिफारिस नगर्न समेत भनिएको छ। यसैबीच नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिट बाँडफाँटमा सत्तारुढ गठबन्धन सहमति नजिक पुगेको बताएका छन् ।

कुन–कुन क्षेत्र र प्रदेशमा दाबी गर्ने हो ? जिने आधार के हो भन्ने गृहकार्य गरेर दलहरु भोलि (शनिबार)को बैठकमा प्रस्तुत हुने उनले बताए । शुक्रबार सुर्खेतमा आयोजित कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा प्रचण्डले भने, ‘अर्को गठबन्धन बनाउने ठाउँमा छैनौं । यही गठबन्धनबाट गएर स्थानीय चुनावको अनुभवबाट शिक्षा लिएर करेक्सन गरेर जानुपर्छ भनेर लागेका छौं ।’

कर्णालीको सिट बाँडफाँटमा भने फुकेर कदम चाल्ने उनले बताए । २०७४ को सिट बाँडफाँटमा केही कमजोरी भएको भएको स्वीकार गर्दै प्रचण्डले भने, ‘पहिला उदार भएर जे कमी गरेका छौं, त्यो हुन दिइँदैन । प्रदेशमा सरकार बन्ने गरेर जान चाहन्छौं । केन्द्र सरकार निर्माणमा पनि कर्णालीको भूमिका होस् भन्नेमा छौं ।’

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal