आज :

एकैपटक डिजेल र मट्टीतेलको मूल्य ह्वात्तै बढाइयो, गाडी भाडा पनि बढ्ने

  • अनलाइन डबली

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा पनि नघटाइएको डिजेल र मट्टीतेलको मूल्य एकै पटक ह्वात्तै बढाइएको छ ।

भारतीय आयल निगमले सेप्टेम्बर १ मा नयाँ मूल्य सूची अनुसार मूल्य समायोजन गरिएकाे नेपाल आयल निगमले जनाएको छ । नयाँ मूल्य विहीबार राति १२ बजेबाट लागू भइसकेको छ ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध भइरहेको बेला निगमले एकै पटक प्रतिलिटर ६ रुपैयाँका दर मूल्य बढाएको हो ।

यस पटक निगमले पेट्रोलको मूल्य बढाएको छैन । पेट्रोलको मूल्य १८१ रुपैयाँ प्रतिलिटरलाई नै कायम राखिएको छ । नयाँ मूल्यसँगै डिजेल र मट्टीतेलको नयाँ मूल्य १७८ रुपैयाँ प्रतिलिटर पुगेको छ ।

खाना पकाउने ग्यास र हवाइ इन्धन (आन्तरिक) को १९० रुपैयाँलाई नै निरन्तरता दिइएको छ । हवाइ इन्धन (बाह्य)को प्रतिलिटर १.६४५ अमेरिकी डलर नै कायम छ। यता एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १८ सय रुपैयाँलाई नै निरन्तरता दिइएको छ।

नयाँ मूल्य समायोजनपछि पनि १५ दिनमा ३० करोड ५२ लाख रुपैयाँ नोक्सानी हुने निगमले जनाएको छ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal