आज :

चलचित्र निर्माता संघको अध्यक्षमा नवल खड्का निर्वाचित

  • अनलाइन डबली

काठमाडौं । राष्ट्रवादी नायक नवल खड्का नेपाल चलचित्र निर्माता संघको अध्यक्षमा निर्वाचित भएका छन् । अध्यक्षमा अरुको उम्मेदवारी नपरेपछि खड्का निर्विरोध निर्वाचित भएका हुन् ।

त्यसैगरी महासचिवमा सुनिलकुमार थापा निर्वाचित भएका छन् । संघले दुई उपाध्यक्ष पनि निर्वाचित गरेको छ । उपाध्यक्षमा उदय सुब्बा र दीपेन्द्र के खनाल पनि निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै सचिवमा किसान पोखरेल र कोषाध्यक्षमा ज्योतिराज राई समेत निर्विरोध भए ।

संघको १६ औं वार्षिक साधारणसभाले सदस्यहरुमा माओत्से गुरुङ, ज्ञानेन्द्र देउजा, खगेन्द्रप्रसाद लामिछाने, रामबाबु गुरुङ, किरण नेपाली र शेखर लामा निर्वाचित गरेको छ ।

अध्यक्ष खड्काले पेशागत हकहितका लागि सदैव अग्रसर रहने, संघको लागि जग्गा प्राप्ति र भवन निर्माण गर्ने, राष्ट्रिय चलचित्र नीति २०७१ कार्यन्वयन गराउने, विभिन्न राष्ट्रमा रहेका नेपाली दूतावास तथा नियोगहरूमा सांस्कृतिक सहचारी दुत नियुक्त गरी चलचित्र प्रदर्शन गर्ने सरल अवस्था बनाउने लगायतका एजेण्डा अगाडि सार्दै उम्मेदवारी घोषणा गरेका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal