आज :

प्रभु बैंक र नवरत्र आयुर हेल्थ केयर एण्ड रिसर्च सेन्टरबीच आकर्षक छुट गर्ने सम्झौता

  • अनलाइन डबली

काठमाडौँ । प्रभु बैंक लिमिटेड र नवरत्र आयुर हेल्थ केयर एण्ड रिसर्च सेन्टर प्रा.लि. बीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सहमतिपछि काठमाडौँको त्रिपुरेश्वरमा रहेको रिसर्च सेन्टरमा प्रभु बैंकमा कारोबार गरिरहेका ग्राहकहरुले विशेष छुट पाउने भएका छन् ।

सहमति पत्रमा बैंकको तर्फबाट हात्तिगौंडा शाखा कार्यालय प्रमुख कृष्ण दवाडी र नवरत्र आयुर हेल्थ केयर एण्ड रिसर्च सेन्टर प्रा. लि. का तर्फबाट अध्यक्ष डा. राज किशोर साहले सम्झौतामा हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका सम्पूर्ण ग्राहकहरुले नवरत्र आयुर हेल्थ केयर एण्ड रिसर्च सेन्टर प्रा. लि. द्वारा सेवाहरुमा १० प्रतिशत र औषधिमा ५ प्रतिशत छुट प्राप्त गर्ने भएका छन् ।

उक्त सम्झौता अन्तर्गत नवरत्र आयुर हेल्थ केयर एण्ड रिसर्च सेन्टर प्रा. लि. मा सुविधा लिन चाहनेहरुले प्रभु बैंकका ग्राहकहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, नवरत्र आयुर हेल्थ केयर एण्ड रिसर्च सेन्टर प्रा. लि. का उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको छ ।

यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहक महानुभावहरु लाभान्वित हुने भन्ने बैंकले विश्वास लिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal