आज :

फनपार्कलाई मेयर बालेनकाे २४ घन्टे अल्टिमेटम, अटेरी गरे शिलबन्दी ! निर्देशन पत्रसहित

  • अनलाइन डबली

काठमाडौँ । व्यवसाय सञ्चालन गरेर वर्षौंदेखि कर नतिरेको भन्दै काठमाडौं महानगरपालिकाले काठमाडौं फनपार्कलाई २४ घन्टे अल्टिमेटम दिँदै कर तिर्न निर्देशन दिएको छ ।

समाज कल्याण परिषद्‍को जग्गा भाडामा लिएर वर्षौंदेखि व्यवसाय गर्दै आएको फनपार्कले महानगरपालिकालाई तिर्न र बुझाउनुपर्ने कर तिरेको छैन ।

फनपार्कले काठमाडौं महानगरपालिकालाई व्यवसाय कर, बहाल कर, विज्ञापन कर तथा मनोरञ्जन कर नबुझाई वर्षौंदेखि व्यवसाय सञ्चालन गर्दै आएको महानगरपालिकाले जनाएको छ ।

महानगरका राजस्व विभाग प्रमुख शिवराज अधिकारीले पटक पटक ताकेता गर्दा समेत उक्त कर प्राप्त नभएकाले पत्र लेख्ने कार्य भएको बताए ।

व्यवसाय र बहाल कर सम्बन्धित वडा कार्यालयमा र विज्ञापन तथा मनोरञ्ज कर महानगरपालिकाको राजस्व विभाग बबरमहलमा गएर पत्र प्राप्त भएको मितिले २४ घण्टाभित्र तिर्न भनिएको छ ।

महानगरपालिकाले फनपार्कलाई तिर्न बाँकी सम्पूर्ण रकम र सोको लाग्ने जरिवाना समेत दाखिला गर्न भनेको छ । तोकिएको समयभित्र नबुझाएमा फनपार्क शिलबन्दी समेत गर्ने चेतावनी महानगरले दिएको छ ।

काठमाडौं महानगरपालिकाले पछिल्लो केही दिनयता महानगरभित्र अनधिकृत रुपमा बनाइएका संरचनाहरू भत्काउँदै आएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal