आज :

युक्रेन जितेको हेर्ने सपना पूरा नहुँदै सोभियत संघका अन्तिम राष्ट्रपति गोर्बाचोभको मृत्यु, पुटिनले के भने ?

  • अनलाइन डबली

काठमाडौँ । सोभियत संघका अन्तिम राष्ट्रपति मिखाइल गोर्बाचोभको मृत्यु भएको छ । युक्रेनमा जारी सैन्य कारवाही नसकिँदै उनको मृत्यु भएको हो । ९१ वर्षको उमेरमा गोर्बाचोभको मंगलबार राति रूसको सेन्ट्रल क्लिनिकल हस्पिटलमा निधन भएको रुसी संचारमाध्यमहरुले बताएका छन् ।

केही दिनदेखि स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए । उनको मृर्गौलामा समस्या भएको बताइएपनि मृत्युको कारणबारे रुसले औचारिक जानकारीँ गराएको छैन ।  रूसी समाचार एजेन्सी टासका अनुसार गोर्बाचोभको अन्त्येष्टि मस्कोमा गरिने भएको छ । उनलाई सन् १९९९ मा मृत्यु भएकी उनकी श्रीमती राइसाको चिहान नजिकै नोवोडेभिची कब्रिस्तान नजिकै गाडिने रुसी संचारमाध्यमहरुले बताएका छन् ।

सोभियत संघ विघटनहुनुमा गोर्बाचोभको मुख्य भूमिका भएको भन्दै विश्वभरका सामाजवादीहरुले उनको आलोचना गर्दै आएका थिए । उनी अमेरिकासँगको शीतयुद्धमा झुकेको आरोप पनि लाग्दै आएको छ । सन् १९८५ देखि सन् १९९१ सम्म सोभियत संघको सत्तामा रहेका गोर्बाचोभले सोभियत संघलाई सुदृढ गर्नुका साटो सुधारको नीति लिएका थिए ।

पछिल्ला दिनमा गोर्बाचोभले सोभियत संघ बचाउन नसक्नु आफ्नो कमजोरी भएको स्वीकार गरेका थिए । उनले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग निकट सम्बन्ध बनाउँन चाहेका थिए । पुटिनसँगको छलफलमा तत्कालिन समयमा आफूलाई साथ दिन कोही भएकै कारण सोभियत संघलाई निरन्तरता दिन नसकेको बताउने गरेका थिए ।

शीतयुद्ध अन्त्यपछिको सहमति अमेरिकाले पालना नगरेको गोर्बाचोभले बताउने गरेको रुसी संचारमाध्यमहरुले बताएका छन् । उनले पछिल्ला दिनमा पश्चिमा देशहरुविरुद्ध पुटिनले चालेका कदमको समर्थन गर्दै आइरहेका थिए । गोर्बाचोभले युक्रेनमाथिको सैन्य कारवाहीको समर्थन गरेका थिए । उनले रुसले युक्रेनमा विजयको झण्डा गाडेको हेर्ने इच्छा भएको पारिवारका सदस्यहरु र रुसी सरकारी अधिकारीहरुसँगको भेटमा बताउँने गरेको बताइएको छ ।

यसैबीच रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अन्तिम सोभियत नेता गोर्बाचोभको निधनप्रति गहिरो सहानुभूति व्यक्त गरेका छन् । त्यस्तै विश्वभरका नेताहरुले गोर्बाचोभको निधनबारे दुःख व्यक्त गर्दै श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले श्रद्धाञ्जली व्यक्त गर्दै गोर्बाचोभले इतिहासको पाठ्यक्रम परिवर्तन गरेको टिप्पणी गरेका छन् ।

युरोपेली संघका प्रमुख उर्सुला भोन डर लेनले विश्वसनीय र सम्मानित नेता गुमाएको भन्दै गोर्बाचोभले स्वतन्त्र युरोपको बाटो खोलिदिएको सम्झना गरे । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले गोर्बाचोभको साहस र इमानदारी देखेर आफू स्तब्ध भएको बताएका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले गोर्बाचोभलाई उल्लेखनीय दृष्टि भएको व्यक्ति र एक दुर्लभ नेताको संज्ञा दिएका छन् । उनको निधनमा एक शोक वक्तव्य जारी गर्दै बाइडेनले भिन्न भविष्य सम्भव छ भनेर हेर्ने कल्पना र यसलाई प्राप्त गर्न आफ्नो सम्पूर्ण करियर जोखिममा पार्ने साहसी नेता रहेको बताए ।

गोर्बाचोभले आफ्नो समयमा दुई वटा सुधारहरू गरे जसले सोभियत संघको भविष्य परिवर्तन ग¥यो । गोर्बाचोभले ‘ग्लासनोस्टको नीति’ र भाषणमा स्वतन्त्रताको नीति अपनाएका थिए । यसले तत्कालीन सोभियत संघलाई विश्वका लागि ढोका खोलिदिएर सुधारको खाका प्रस्तुत गरेका थिए।

पश्चिमी देशहरूमा गोर्बाचोभलाई सुधारको पिता मानछन् । जसले अमेरिका–बेलायत र सोभियत संघ लगायत पश्चिमी देशहरू बीचको तनावलाई साम्य पारेका थिए । टकरावबाट भन्दा पनि वार्ताको माध्यमबाट समस्या समाधानको बाटो रोजेकै कारण उनलाई सुधारवादी नेताका रूपमा समेत लिइन्छ ।

सन् १९९० मा गोर्बाचोभलाई नोबेल शान्ति पुरस्कार समेत प्रदान गरिएको थियो । उनले पूर्व–पश्चिमको सम्बन्धमा ठूलो परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका निभाएको भन्दै पुरस्कार दिइएको थियो । शान्ति प्रक्रिया, खुलापन, अन्तर्राष्ट्रिय विश्वासलाई सुदृढ बनाउन उनले महत्त्वपूर्ण भूमिका खेलेको नोबेल समितिको भनाइ थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal