आज :

बालेनको ‘बुल डोजर’ आज बसन्तपुर प्लाजा र सुरज आर्केडमा, व्यपारीको भागाभाग

  • अनलाइन डबली

काठमाडौँ । काठमाडौंको मेयर बालेन्द्र शाहसहितको टोली आज सुरज आर्केडमा जाने तयारी गरेको छ । यो समाचार तयार पार्दासम्म बालेनको टोली उक्त व्यपारिक महमा पुगिसकेको छैन । महानगरको टोली आउने थाहा पाएसँगै महानर प्रहर बलको टोली पुगेको छ ।

महानगरले काठमाडौँको न्यूरोडस्थित सुरज आर्केडको बेसमेन्ट खाली गराउन काठमाडौं महानगरपालिकाले निर्देशन दिएको थियो । बेसमेन्टमा पार्किङ गराउनपर्ने भन्दै सुरज आर्केड अगाडिको पार्किङ हटाउन लागिएको महानगरपालिकाले जनाएको छ।

नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेसहितको टोली न्यूरोडमा रहेको सुरज आर्केडको पार्किङ खाली गराउन पुगेको छ । मेयर शाह पनि आउने तयारी भइरहेको बताइएको छ । महानरको डोजरले भत्काउने हल्लासँगै सुरज आर्केडका व्यपारीको भागाभाग भएको छ ।

अहिले काठमाडौं महानगरपालिकाको टोली बेसमेन्ट खाली गराउन बसन्तपुर प्लाजामा पुगेको छ । अनधिकृत रुपमा संरचना बनाएर भाडामा लगाएको सूचनाका आधारमा महानगरको टोली बसन्तपुर प्लाजा पुगेको हो ।

महानगरको टोलीले विहानैदेखि मखन र बसन्तपुर क्षेत्रमा बेसमन्ट खाली गर्न अभियान चलाइरहेको छ । सुरज, अर्केड, चन्द्र प्लाजा, चन्दा चकोरी र मखन प्लाजाको बेबसमेन्ट खलाी गराउन थालिएको छ ।

शाहले नर्भिक अस्पतालले सरकारी जग्गामा बनाइएका संरचना हटाउन अभियान सुरु गरेका थिए । तर, अदालतले निर्भकको संरचना तत्काल नहटाउन आदेश दिएको छ ।

अवैध रुपमा बनाएका संरचना, नक्सा अनुसार पार्किङ बनाइएकोलगायतका मापदण्ड पूरा नगरेका संरचना महानगरले भत्काउन थालेको छ ।
यसअघि मेयर शाह आफै पुगेर वानेश्वर बुद्धनगरस्थित अल्फाबिटाले बनाएको संरचना भत्काएको थिए । त्यसपछि शंखमुल, सुन्धारा न्यूरोड, बालाजु लगायतका क्षेत्रका अवैधानिक संरचना धमाधम महानगरपालिकाले भत्काइरहेको छ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal