आज :

रुसले प्रहार गरेको हारपरसोनिक मिसाइलबाट २ सय युक्रेनी सेनाको मृत्यु, अमेरिकी हतियार निसानामा 

  • अनलाइन डबली

काठमाडौं । रुसले हालै अमेरिकाले दिएका अत्याधुनिक हतियारलाई निसानमा राखेर मिसाइल प्रहार गर्न थालेको छ ।

रुसी रक्षा मन्त्रालयका अन‍ुसार हालै रुसी सेनाले अत्याधुनिक हाईपरसोनिक मिसाईल स्कन्दर प्रहार गरेको छ । डेनप्रोपेट्रोभ्सक रेल स्टेशनमा डोनबास तर्फ हतियार र सेना लिएर आँउदै गरेको रेलमा सो मिसाइल प्रहार गरिएको हो ।

‍रुसी रक्षा मन्त्रालयाका प्रवक्ता ईगोर कोनासेन्कोभका  अनुसार हमलामा परी २ सय युक्रेनी सेनाको मृत्यु भएको र थुप्रै पश्चिमा देशहरुले दिएको हतियार नष्ट भएका थिए । हमला भएको युक्रेनका राष्ट्रपति जेलेन्सकीले पुष्टि गर्दै रेल स्टेसनमा भएको हमलामा २० सर्वसाधारण मारिएको बताएका थिए ।

रुसले खाकोभ्कामा पनि अर्को क्षेप्यास्त्र प्रहार गरी युक्रेनी सेनाको सात वटा सैन्य पोष्ट नष्ट पारिएको रुसको दावी गरेको थियो । सो घटनामा ६४ युक्रेनी सेना मारिएको दावी रुसले गरेपनि युक्रेनले केही बताएको छैन ।

अमेरिकाले नयाँ खेपमा आधुनिक हतियार युक्रेन पठाएलगत्तै रुसले हमला तेज पारेको बताइएको छ । अमेरीकाले युक्रेनलाई ३ अर्ब डलरको सैन्य अस्त्र पठाएको छ ।

युक्रेनले स्वतन्त्र दिवस मनाइरहेका बेला वासिंगटनले किभलाई उक्त सहयोग प्रदान गरेको हो । रुसले युक्रेनमाथि हमला गरेको ६ महिना पुगेको छ । युक्रेनलाई नयाँ सैन्य सहयोग प्रदान गरिएको ह्वाइट हाउसका एक अधिकारीले पुष्टि गरेका छन् ।

यसैबीच युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले नागरिकहरूलाई ‘रूसी आतंक’विरुद्ध सतर्क रहन आग्रह गरेका छन् । रुसले पूर्वी युक्रेनमा आफ्नो हमला बढाइरहेका बेला युक्रेनले पनि आफ्नो प्रतिरोध कडा बनाएको छ ।

यसैबीच, क्रेमलिनले राष्ट्रपति भ्लादिमीर पुटिनका निकट सहयोगी तथा राष्ट्रवादी नेता डारिया दुगिनाको हत्यामा ‘कुनै दया नगर्ने’ चेतावनी दिएको छ । २९ वर्षीया दर्या दुगीनाको शनिबार राति यात्रा गरिरहेकी टोयोटा ल्यान्ड क्रुजरमा विस्फोटक पदार्थ विस्फोट हुँदा मृत्यु भएको अनुसन्धानकर्ताहरूले बताएका छन् ।

दुगिना अलेक्ज्याण्डर दुगिनकी छोरी हुन् । अलेक्जेन्डरले लामो समयदेखि रुसी भाषा बोल्ने क्षेत्रलाई नयाँ रुसी साम्राज्यको भागको रूपमा एकीकरण गर्न वकालत गरेका छन् ।

पुटिनको विश्वदृष्टिकोण र युक्रेनप्रतिको दृष्टिकोणलाई आकार दिन उनी प्रभावशाली मानिन्छन् । तथापी, उनको दृष्टिकोणलाई लिएर रुसमा बहस हुने गरेको छ । दुर्घटनाको समयमा उनी बाबुको कारमा चढेकी थिइन् । बाबुलाई निशाना बनाउने क्रममा छोरीको ज्यान गएको अनुमान गरिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal