
काठमाडौं । अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने नेकपा एमालेले निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालयमा सम्पन्न बैठकले ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा अघि सारेर चुनावमा जाने निर्णय गरेको हो ।
पार्टीले बहुमत ल्याउन १६ प्रतिशत मत अभवा भएको निष्कर्षसहितको राजनीतिक प्रतिवेदन ओलीले बैठकले पेस गरेका थिए । ओलीको प्रतिवेदनमाथि समूहगत रुपमा छलफल गरेर केन्द्रीय सदस्यहरुले धारणा राखेका थिए ।
बैठकले ४ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सम्पूर्ण शक्ति परिचालन को तयारीका लागि बसेको एमाले केन्द्रीय कमिटी बैठकले ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा अघि सार्ने निर्णय गरेको हो ।
दुई दिनसम्म चलेको बैठकले उम्मेदवार छनौटको मापदण्ड समेत तय गरेको छ । जसमा मानुपातिक कोटाबाट सांसद भएकाहरुलाई पुनः नदोहोर्याउने र पछिल्लो चुनावमा पराजित नेताहरुलाई उम्मेदवार नबनाउने एमालेले निर्णय गरेको नेताहरुले बताएका छन् ।
बैठकलाई सम्बोधन गर्दै ओलीले लोकतान्त्रिक, देशभक्त, प्रगतिशील र वामपन्थीहरूबीच एकता र सहकार्यको आह्वान गरेका छन् । ओलीले तर त्यस्तो एकता सक्कली हुनुपर्ने बताएका छन् । उनले एकताको नाममा अल्मलिने भूलचाहिं एमालेले नगर्ने समेत बताए ।
ओलीको लोकप्रियता झन् बढेको निष्कर्ष पनि एमालेले निकालेको छ । भावी प्रधानमन्त्री घोषणा गरेर चुनावमा गए पार्टीले बहुमत ल्याउने समूगत छलफलमा नेताहरुले सुझाव पनि राखेको बताइएको छ ।
यसअघि ओली २०७२ को असोज २४ गते पहिलो पटक प्रधानमन्त्री भएका थिए । सरकार संचालनमा कुरा नमिलेपछि नेकपा माओवादी केन्द् ले समर्थन फिर्ता लिएपछि ओली नेतृत्वको सरकार ९ महिनामै ढलेको थियो ।
पार्टी एकता गर्ने तयारीसहित एमाले र माओवादी चुनावमा होमिएका थिए । माओवादीकै समर्थनमा २०७४ फागुन ३ गते ओली पुनः प्रधानमन्त्री भएका थिए । पछि पार्टी एकतासँगै दुई तिहाईको प्रधानमन्त्री बने ओली । फेरि पनि आलोपालो सहमति ओलीले कार्यान्वयन नगरेकै कारण खटपट पैदा भयो र अन्ततः पार्टी एकता नै उल्टिन पुग्यो ।
त्योसँगै आफू अल्पमतमा परेपछि ओलीले दुई पटक संसद विघटन गरेपछि ओली २८ असार २०७८ को सर्वोच्च अदालतको फैसलाबाट पदमुक्त भएका थिए ।