आज :

चुनावको मुखैमा एमाले अध्यक्ष ओलीले यस्तो आह्वान गरेपछि सत्ता गठबन्धनमा तरंग

  • अनलाइन डबली

काठमाडौँ । नेकपा एमालेले चुनावी वामपन्थी गठबन्धनका लागि आह्वान गरेको छ । एमालेको शनिबार सम्पन्न केन्द्रीय कमिटी बैठकले वामपन्थी दलहरुबीच एकता र गठबन्धनका लागि आह्वान गरेको हो ।

‘वामपन्थी शक्तिहरु एक भएर गयौ भने देशमा परिवर्तनका लागि सहज हुन्छ । बहुमतको सरकार निर्माण गरेर राजनीतिक स्थायित्वको राष्ट्रिय संकल्प खोजेका छन्,’ पोलिटब्युरो सदस्य विशाल भट्टराईले भने, ‘त्यस्तो समयमा छरपष्ट भएर अघि बढ्नु हुँदैन भनेर आह्वान गरिएको हो ।’

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले वामपन्थी एकताको राग अलापेर मात्रै नहुने बताएका थिए । ‘केही दक्षिणपन्थी शक्तिहरुलाई पार लगाउन उतै टाँसिएका छन् । यदि साँचो वामपन्थी हो भने एकताका लागि आउनुपर्‍यो,’ ओलीलाई उद्धृत गर्दै भट्टराईले भने, ‘विचार मिल्नेहरु एक ठाउँमा उभिएर चुनावी मोर्चामा जाऔं ।’

यसअघि अध्यक्ष ओलीले आफूबाहेक कोही पनि वामपन्थी शक्ति नभएको बताएका थिए । २०७४ चुनावमा पनि एमाले र माओवादी केन्द्रबीच गठबन्धन भएको थियो ।

बैठकले मंसिरमा हुने प्रतिनिधिसभा चुनावमा अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री उम्मेदवारको रुपमा अघि सार्ने निर्णय गरेको छ । बैठकले अध्यक्ष ओलीको नेतृत्वमा एकल बहुमतको सरकार निर्माण गर्ने गरी चुनावी अभियान सञ्चालन गर्ने प्रस्ताव पारित गरेको हो ।

‘नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बहुमतको सरकार निर्माण गर्ने प्रस्ताव पारित गरेको छ,’ केन्द्रीय सदस्य नीरज आचार्यले भने ।

शुक्रबारदेखि चलेको एमाले केन्द्रीय कमिटीको बैठक शनिबार सम्पन्न भएको छ । बैठकले अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनलाई पारित गरिसकेको छ । त्यसैगरी बैठकले उम्मेदवारको मापदण्ड, सिफारिसको मिति समेत तोकेको छ ।

यसैबीच अघिल्लो निर्वाचनमा समानुपातिकतर्फ निर्वाचित बनेका नेताहरूलाई यसपटक दोहोर्‍याएर समानुपातिक उम्मेदवार नबनाउने पनि एमालेले निर्णय गरेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal