आज :

कार्यदल बैठकमा प्रदेशसभा तर्फपनि सिट बाँडफाँटबारे छलफल, आइतबार अर्को बैठक

  • अनलाइन डबली

काठमाडौँ । सत्ता गठबन्धनमा आबद्ध दलहरुबीच सिट बाँडफाँटको मोडालिटी तयार गर्न बनेको कार्यदलको बैठकमा प्रदेशसभा निर्वाचन क्षेत्रमा हुने भागबण्डाबारे पनि छलफल सुरु भएको छ ।

यसअघिका कार्यदलका बैठकमा प्रतिनिधिसभा निर्वाचन क्षेत्रको बाँडफाँटबारे मात्रै छलफल हुने गरेकामा शुक्रबारदेखि प्रदेशतर्फ पनि छलफल सुरु भएको हो ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कार्यदलको बैठकमा प्रदेशतर्फ पनि बाँडफाँट कसरी गर्ने भन्नेबारे छलफल सुरु भएको सञ्चारमन्त्री तथा कार्यदलका सदस्य ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए । तर, ठोस सहमति नबनेको भन्दै उनले यसबारे छलफलका लागि आइतबार पुनः बैठक बोलाइएको बताए ।

उनले अहिले दलहरूबाट आफ्नो हिसावले दाबी प्रस्तुत गर्नु स्वाभाविक भएको प्रतिक्रिया दिँदा यसलाई रियालिस्टिक गा्रउण्डमा राखेर छलफल गरेर टुंगोमा पुगिने बताए । प्रतिनिधिसभा र प्रदेशसभामा भागबण्डा गर्दा सकेसम्म फरक दलबाट प्रतिनिधित्व हुनेगरी व्यवस्था मिलाइने उनको भनाइ छ ।

उनले गठबन्धनको बलमा सबै दलमा धेरै सिट पाऔँ र जितौँ भन्ने लाग्नु स्वाभाविक भएको उल्लेख गर्दै यथार्थ पहिल्याएर त्यसबारे प्रतिवेदन तयार गरी नेतृत्वलाई बुझाइने बताए । उनले सिटको बाँडफँटसँगै गठबन्धनको साझा अवधारणा पनि बनाइने बैठकपछि बताए ।

प्रतिनिधिसभातर्फ काँग्रेसले १००, माओवादीले ६०, एकीकृत समाजवादीले ४०, जसपाले ३२ तथा जनमोर्चाले २ सिट दाबी गरेको छ । तर, प्रदेशसभामा भने छलफल सुरु भएकाले दाबीबारे सञ्चारमन्त्रीले प्रष्ट खुलाएका छैनन् । सत्ता गठबन्धनमा सिट फाँडफाँटका लागि सहमति जुटाउन कार्यदल र शीर्ष तहमा समेत पटक पटक छलफल हुँदै आएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal