आज :

धरानका मेयरकाे वृक्षाराेपणमा प्रचण्डको साथ, भने– माओवादीले गनुपर्ने काम हर्कले गर्नुभयो

  • अनलाइन डबली

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले धरानका मेयर हर्क साम्पाङको अभियानलाई साथ दिएका छन् । प्रचण्डले शुक्रबार सँगै वृक्षारोपण गरेर साथ दिएका हुन् । यसअघि मेयर साम्पाङ काडमाडौँ आएर भेट गरी प्रचण्डलाई श्रमदानको निम्तो दिएका थिए । प्रचण्डले वृक्षारोपणमा सहभागी हुने बचन दिएका थिए ।

अध्यक्ष प्रचण्ड शुक्रबार धरानको ओसो पार्कमा भएको वृक्षरोपण कार्यक्रममा प्रचण्ड सहभागी भएका थिए । मेयर साम्पाङसँगै धरान उपमहानगरपालिकाका जनप्रतिनिधि र सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो ।

वृक्षारोपण गर्दै प्रचण्डले “सिंगै देशले उहाँ (मेयर हर्क साम्पाङ) को कामलाई बडो गम्भिरतापूर्वक हेरेको छ । म के भन्न चाहान्छु भने, हामी कम्युनिष्टहरुले र अझ खासगरी माओवादीले गर्नुपर्ने काम उहाँले गरिराख्नु भएको छ । म पार्टीका साथीहरु र देशका सबै श्रमजिवी जनतालाई पनि हर्कको व्यवहार बाट, उहाँको आचरणबाट प्रेरणा लिन म अनुरोध गर्न चाहान्छु ।”

वृक्षारोपण गर्दै प्रचण्डले जेबी टुहुरेलाई सम्झेको बताएका छन् । उनले भने “मैले आज यो वृक्षारोपण गर्दै गर्दा नेपालका एकजना प्रगतिशिल गितकार पनि, असाध्यै लोकप्रिय जेबि टुहुरेलाई सम्झेको छु । आज जेबि टुहुरेको स्मृति दिवसको दिन पनि हो । र मेरो यो वृक्षारोपण उहाँकै लागि सर्मपित भएको म घोषणा गर्न चाहान्छु ।”

अध्यक्ष प्रचण्ड एक नम्बर प्रदेशकाे पार्टी कार्यक्रममा सहभागी हुन धरान पुगेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal