आज :

नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्नुहुन्छ- प्रचण्ड

  • अनलाइन डबली

विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीले संसदबाट पारित भएको नागरिकता विधेयक प्रमाणीकरण गर्ने विश्वास व्यक्त गरेका छन् ।

धरान जाने क्रममा विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले भने, ‘नागरिकता विधेयक प्रक्रियागत रुपमा नै टुंगिन्छ र राष्ट्रपति ज्यूले प्रमाणीकरण गर्नुहुन्छ ।’

राष्ट्रपतिले संदेशसहित संसदमा फिर्ता पठाएको नागरिकता विधेयक प्रतिनिधि सभाले जस्ताको तस्तै पारित गरेपछि राष्ट्रपति असन्तुष्ट छिन् ।

राष्ट्रपतिले सुरक्षाकर्मीसँग पनि भेटेको र राजीनामा दिने चर्चा पनि चलेको सन्दर्भमा पत्रकारले सोधेको प्रश्नमा प्रचण्डले त्यो अस्वभाविक रहेको बताए ।

भने, ‘केही कुरा स्वभाविक पक्कै पनि देखिएका छैनन्, तर पनि यसले गम्भीर संकट ल्याउने स्थिति पनि म देख्दिनँ ।’

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal