आज :

एमाले केन्द्रीय कमिटी बैठक बस्दै, यी हुन् एजेन्डा

  • अनलाइन डबली

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दैछ। एमालेले शुक्रबार र शनिबार केन्द्रीय कमिटी बैठक गर्न लागेको हो।

शुक्रबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक सुरू हुनेछ। केन्द्रीय कमिटीका लागि बिहीबार पोलिटव्यूरो बैठकले विभिन्न ११ वटा एजेन्डा पनि तय गरेको छ।

आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको तयारी र आवश्यक रणनीतिबारे केन्द्रीय कमिटीमा छलफल हुनेछ। एमालेले सत्ता गठबन्धनसँग ‘एक्लै प्रतिस्पर्धा’ गर्ने तयारी गरेको छ।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेश गर्ने र त्यसमाथि छलफल गर्ने तयारी पनि छ। यस्तै गत वैशाखमा भएको स्थानीय चुनावबारे पनि समीक्षा गर्ने तयारी छ।

पार्टी सचिवालय बैठकले गरेका निर्णय अनुमोदन गर्ने र मनोनीत चार जना केन्द्रीय सदस्यलाई सपथ गराउने कार्यक्रम पनि तय भएको एमालेले जनाएको छ।

साथै केन्द्रीय कमिटीले आगामी चुनावका लागि उम्मेदवार छनौटका मापदण्ड पनि तय गर्ने तयारी गरेको छ। अध्यक्ष ओलीले यसपालि चुनावमा युवा र नयाँ व्यक्तिहरूलाई अवसर दिइनुपर्ने बताइरहेका छन्।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal