आज :

यसरि असफल भयो मधेस प्रदेशमा मुख्यमन्त्री परिवर्तनको प्रयास

  • अनलाइन डबली

काठमाडौं । मधेस प्रदेशमा मुख्यमन्त्री परिवर्तनको प्रयास असफल भएको छ ।  मुख्यमन्त्री लालबाबु राउतलाई राजीनामा दिन निर्देशन दिएका जनता समाजवादीका पार्टीमा अध्यक्ष उपेन्द्र यादव नै निर्देशनबाट पछि हटेका छन् ।

मुख्यमन्त्री लालबाबु राउतको पार्टी जनता समाजवादीका प्रवक्ता मनिष सुमनले पनि सरकार परिवर्तनको प्रयास असफल भएको स्वीकार्छन् । उनले भने, ‘चुनाव घोषणा भइसकेकाले मुख्यमन्त्री र मन्त्रीहरु हेरफेर सहज देखिएन, तत्काललाई केही नहुने भयो ।’

४ मंसिरको चुनाव घोषणा भएइसके पछि केही दिनअिघ जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले मुख्यमन्त्री लालबाबु राउतको राजीनामा मागेका थिए।

मधेस प्रदेश सरकारले ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत वितरण गरेको साइकल खरिदमा भ्रष्टाचार भएको कारण राजीनामा मागिएको बुझिएको थियो।

राउत २०७४ फागुन २ गते मुख्यमन्त्री बनेका थिए। उनी पर्सा क्षेत्र नम्बर १ ‘ख’ बाट निर्वाचित भएका हुन्। तत्कालीन संघीय समाजवादी फोरमका तर्फबाट राजपाको समर्थनमा उनी मुख्यमन्त्री बनेका थिए।

दुई पार्टीको एकता भएर जसपा गठन भई फेरि विभाजन भएर दुई पार्टी बनेको छ। राउतलाई कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको समर्थन छ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal