आज :

‘अग्निपथ’को छलफलका लागि बोलाइएको बैठकमा मन्त्री पनि आएनन्, कोरम पनि पुगेन

  • अनलाइन डबली

काठमाडौं । अग्निपथबारे छलफल गर्न बोलाइएको प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक स्थगित भएको छ ।

समितिले छलफलका लागि परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई बोलाएको थियो । तर बैठकमा कोरम पनि पुगेन र मन्त्री खड्का पनि उपस्थित भएनन् ।

२५ सदस्यीय समितिको बैठक बस्नका लागि १३ जना सदस्य उपस्थित हुनु पर्नेमा जम्मा ७ जना मात्र उपस्थित थिए । नेकपा एकीकृत समाजवादी स्थापना दिवस मनाउन र नेकपा एमाले पोलिटब्युरो बैठकमा व्यस्त रहेकाले बैठकमा कोरम नपुगेको हो ।

बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको समिति सभापति पबित्रा निरौला खरेलले बताइन् । भारतले सैन्यभर्तीका लागि अग्निपथ योजना ल्याएको छ ।

उसले यो योजना अनुसार नै गोर्खा सैनिक भर्ना गर्ने तयारी गरिरहेका छ । त्यसैले यसबारेमा छलफल गर्न समितिले बैठक बोलाएको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal