आज :

राष्ट्रिय पर्व येंया ( इन्द्रजात्रा )मा शान्ति सुरक्षा तथा ट्राफिक ब्यबस्थापन विषयमा समुदाय संग भयो छलफल

  • बुद्धशरण शाही

भद्रा ९ ,काठमाडौँ । राष्ट्रिय पर्व येंया ( इन्द्रजात्रा ) शान्ति सुरक्षा तथा ट्राफिक ब्यबस्थापन सम्बन्धि बिषय र  जात्रालाई ब्यबस्थित गरि सम्पन्न गर्ने बारे भिभिन्न गुठि , सामाजिक संग सस्था संग प्रहरी निकाय बीच छलफल भएको छ ।   इन्द्रजात्र ब्यबस्थापन समिति ,जनसेवा सामुदायिक केन्द्र र सामुदायिक प्रहरी सेवा केन्द्रको आयोजनामा बिहिबार भएको कार्यक्रममा जात्रहुने स्थान  काठमाडौँ महानगर पालिकाको भित्रि शहर ( माथिल्लो र तल्लो टोल )का २९ वटा गुठि , सामाजिक संग सस्था र प्रहरी निकाय बीच जात्रा ब्यबस्थापनका बारेमा बृहत छलफल भएको हो ।

महानगरीय प्रहरी परिसर प्रमुख वरिस्ठ उपरिक्षक बसन्त बहादुर बोहराले सकारत्मक सोच भित्र रहेर जात्रा मनाउन सबैमा आग्रह गर्नु भयो । वरिस्ठ उपरिक्षक बोहराले भन्नु भयो  ‘ राष्ट्रीय पर्वको रुपमा मनाइने यो पर्बमा सबैले आ-आफ्नो स्थानबाट जिम्मेवारीताका साथ भूमिका खेल्ने हो,भने शान्ति पूर्ण तरिकाले हाम्रो मौलिक जात्र सम्पन्न गर्न सक्छौ ’ । साथै उहाले प्रहरीले सेवा ग्राहीलाइ दिने सेवामा छिटो छरिटो बनाइने गरि आफ्नो मतहका सबै कार्यालयहरुलाइ निर्देशन दिइ सकेको बताउनु भयो ।

विभिन्न गुठि , सामाजिक सस्थाका प्रतिनिधिले सो छलफल कार्यक्रममा जात्रा अवधि भरि ट्राफिक ब्यबस्थापन मिलाउन आग्रह गरे । उनुहरुले जात्रा अवधिमा विभिन्न अवान्छित गतिविधि हुन् नदिन प्रहरी निकायले गुठि , सामाजिक सस्था संगै मिलेर जिम्मेवारी भूमिका निर्वाह गर्ने बिस्वास गरे ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal