आज :

चुनाव लड्न लागेको खबर भाइरल भएपछि राष्ट्रपति भण्डारीकी छोरीले मुख खोलिन

  • अनलाइन डबली

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीकी छोरी उषाकिरण भण्डारी पछिल्लो समय मदन भण्डारी फाउण्डेसनमा सक्रिय छिन्। उनी (नेकपा एमाले) को काठमाडौं जिल्ला कमिटी सदस्य पनि हुन्।

यसैबीच मंसिर ४ मा हुने प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर २ बाट उनले उम्मेदवारी दिने तयारी गरेको खबर सार्वजनिक भइरहेका छन्। उक्त खबरले उषाकिरण निकै हैरानीमा परेको बताइन्।

प्रतिनिधि सभा वा प्रदेश सभा निर्वाचनमा लड्ने कुनै पनि योजना नरहेको उनको भनाइ छ। सार्वजनिक भइरहेका खबर अफवाह रहेको भण्डारीको जिकिर छ।

‘म चुनाव लड्दैछु भनेर गरिएका प्रचारले इरिटेट भइसकेँ। संसदीय चुनावमा प्रत्यक्ष लड्ने वा समानुपातिकमा बस्ने विषयमा मेरो कुनै रूचि छैन। काठमाडौं-२ मा लड्ने भन्ने कुरा निराधार हो,’ उनले भनिन्।

आफू मदन भण्डारी फाउण्डेसनमै केन्द्रित हुने उनले बताइन्। ‘मेरो लगाव नै फाउण्डेसनप्रति छ। सक्रिय राजनीतिमा आउने मेरो सोच छैन। आफ्नो अध्ययन र क्षमता अनुसारको काम मैले गरिरहेको छु,’ उनले भनिन्।

भण्डारी नेकपा एमालेको महिला संगठन अखिल नेपाल महिला संघको विदेश विभाग सदस्य पनि हुन्। २०७८ चैत ५ मा उनी मदन भण्डारी फाउण्डेसनको अध्यक्षमा चयन भएकी थिइन्।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal