आज :

चीनसँग बढ्दो तनावबीच भारतले किन्ने भयो अमेरिकाले अल–जवाहिरी मार्न प्रयोग गरेको ड्रोन, कति पर्छ मूल्य ?

  • अनलाइन डबली

काठमाडौँ । सन् २०२२ जुलाई ३१ मा अमेरिकाले अल काइदाका प्रमुख अल–जवाहिरीलाई काबुलमा मार्यो । जवाहिरी मारिसकेपछि उनी बसेको मुलुक अफगानिस्तान उनको मृत्युको कारणलाई लिएर अकमक्क पर्यौ ।

अमेरिकाले अल–जवाहिरीलाई आफूले मारेको बताएपछि मात्र रहस्य खुलेको थियो । उसको एमक्यु–ढबी रिपर ड्रोनले अल जवाहिरीलाई दुश्मन मुलुकको राजधानीमा मारेर फर्किदासमेत कसैले चाल पाएका थिएनन् ।

यस्तो सटीक सैन्य उपकरण भारतले किन्ने तयारी गरेको छ । यस ड्रोन निर्माता कम्पनी जनरल एटोमिक्स ग्लोबल कर्पोरेशनका प्रमुख कार्यकारी अधिकृत डा विवेक लालले खरिदका लागि वार्ता अन्तिम चरणमा पुगेको बताएका छन् ।

सीमा क्षेत्रमा छिमेकीको गतिविधि निगरानी गर्न काम लाग्नेछ
भारतले जल, स्थल र हवाई क्षेत्रका तिनै सेनाका लागि एमक्यु–९बी ड्रोनहरू तैनाथ गर्न चाहेको बताइएको छ । हाल भारतले ३ अर्ब डलरको ड्रोन किन्ने वार्ता भइरहेको स्रोतले बताएको छ , यस रकममा ३० एमक्यु–९बी ड्रोन आउनेछ ।

यो ड्रोन निर्माता कम्पनी जनरल एटोमिक्सले ड्रोनको बहुप्रयोगमा जोड दिने गरेका छ । कम्पनीले ड्रोनलाई जासुसी, निगरानी, सूचना सङ्कलन, हवाई सहायता बन्द गर्न, राहत–उद्धार कार्य र आक्रमणका लागि प्रयोग गर्न सकिने बताएको छ ।

भारतले मुख्यत चीनसँग जोडिएको सिमा क्षेत्रमा बढ्दो तनावबीच प्रतिद्वन्द्वी चीनको गतिविधि निगरानी गर्ने । सन् २००१ मा पहिलो पटक उडान भरेको यस ड्रोन अहिले एक दर्जनभन्दा बढी मुलुकमा प्रयोग हुन्छ ।

यो फ्रान्स, बेल्जियम, डोमिनिकन रिपब्लिक, जर्मनी, ग्रीस, इटाली, नेदरल्याण्ड्स, स्पेन, यूके, यूएई, ताइवान, जापान, मोरक्कोमा प्रयोग भइरहेको छ । अमेरिकाले सोमालिया, यमन र लिबियामा यस्तै रिपर ड्रोन प्रयोग गरिरहेको छ ।

सन् २००१ मा अलकायदाको आक्रमणपछि अमेरिकाले सुरु गरेको ‘आतंकवाद विरुद्धको युद्ध’ मा अफगानिस्तान र पाकिस्तानको उत्तरी आदिवासी क्षेत्रमा प्रिडेटर र रिपर ड्रोन तैनाथ गरिएको थियो ।

भारतलाई ४०० ड्रोन चाहिनेमा सेनासँग जम्मा १८० ड्रोन सैन्य सूचना समूह जेन्सका अनुसार भारतसँग हाल ९० इजरायली ड्रोन छन्, जसमध्ये ७५ वटा वायुसेना र १० भारतीय नौसेनाले सञ्चालन गर्छन् ।

भारतीय सेनालाई कुल ४०० ड्रोन चाहिएकोमा हाल १८० ड्रोन मात्र रहेको बताइएको छ । भारतीय कम्पनीहरूले बनाइरहेका घरेलु ड्रोनलाई पनि भारतीय सेनाको सन् २०२५ मा फौजमा प्रयोग हुने बताइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal