आज :

के कार बम विस्फोटमा परि पुटिनकी छोरीको मृत्यु भएको हो ? रुसी मिडियाहरुले गरे यस्तो खुलासा

  • अनलाइन डबली

एजेन्सी । आइतबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनकी एक छोरीको ब म बि स्फोटमा परि मृत्यु भएको खबर सार्वजनिक भयो । तर त्यो खबरमा कुनै सत्यता नरहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

यता रुसी मिडियाहरुले भने राष्ट्रपति भ्लादिमिर पुटिनका एक निकटवर्ती सहयोगीकी छोरी मस्कोनजिकै मारिएको रहस्य खोलेका छन् । रुसी सञ्चारमाध्यमहरूका अनुसार मस्कोनजिकै भएको कार ब म वि स्फोटनमा डार्‍या डुगिनाको मृत्यु भएको हो।

उनको मृत्युबारे रुसी अधिकारीहरूले केही बताएका छैनन्। तर सामाजिक सञ्जालमा प्रेषित तस्बिरहरूमा सहरको बाहिरी भागको सडकमा कारको जलिरहेको भग्नावशेष देख्न सकिन्छ।

राष्ट्रपति “पुटिनको बुद्धि’ का रूपमा चिनिने डुगिनाका पिता एलेक्सेन्डर डुगिन उक्त आ क्रमणको मुख्य निसाना भएको हुनसक्ने ठानिएको छ। विवरणहरूका अनुसार डुगिना र उनका पिता एउटै कारमा चढेर एउटा कार्यक्रमबाट फर्किने तय भएको थियो।

तर अन्तिम समयमा उनका पिता छुट्टै यात्रा सवारीसाधन चढेका थिए। एलेक्सेन्डर डुगिन उग्रराष्ट्रवादी विचारक तथा रणनीतिकार हुन्। उनी कुनै सरकारी पदमा छैनन्। यद्यपि राष्ट्रपति पुटिनलाई उनले ठूलो प्रभावित पार्ने गरेको बताइन्छ।

रुसी सरकारी सञ्चारमाध्यमका अनुसार डार्‍या डुगिना घर फर्किँदै गर्दा उनको कार विस्फोट भएर आगो लागेको थियो। टेलिग्राममा राखिएका अपुष्ट फुटेजमा एलेक्सेन्डर डुगिनले आपत्कालीन सेवाका कर्मचारीहरू आउँदा स्तब्ध भएर जलिरहेको कार हेरिरहेको देख्न सकिन्छ।

बीबीसीले स्वतन्त्रतापूर्वक उक्त फुटेज पुष्टि गर्न सकेको छैन। डार्‍या डुगिना चर्चित पत्रकार र टिप्पणीकार थिइन्। उनले युक्रेनमा रुसले गरेको अतिक्रमणलाई समर्थन गर्दै आएकी थिइन्।

यसै वर्षको सुरुमा उनलाई यूकेका अधिकारीहरूले प्रतिबन्धको सूचीमा राखेका थिए। युक्रेनमाथिको रुसी प्रतिबन्धबारे मिथ्या सूचना फैलाएकोमा ३० वर्षीय डार्‍या प्रतिबन्धमा परेकी थिइन्।

एलेक्सेन्डर डुगिनका उग्रराष्ट्रवादी लेखहरूले विश्वप्रति राष्ट्रपति पुटिनको धारणालाई गहिरोसँग प्रभावित पार्ने विश्वास गरिन्छ। उनी रुसले युक्रेनमाथि गरेको आक्रमणमा पनि नजिकबाट संलग्न छन्।

विगतमा पनि उनले युक्रेनमाथिको कठोर रुसी अवधारणाको समर्थन गरेका थिए। सन् २०१४ मा मस्कोले क्राइमियामा अतिक्रमण गर्दा उनको भूमिकाका लागि सन् २०१५ मा उनलाई अमेरिकाले प्रतिबन्ध लगाएको थियो।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal