आज :

विप्लव नेकपासहित चार पार्टीको आज नेपाल बन्द, लामो दूरीका यातायात प्रभावित

  • अनलाइन डबली

काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसहितका चार पार्टीले आज नेपाल बन्द आह्वान गरेका छन । नेकपा र सरकारसँग भएको तीन बुँदे सहमती सरकारबाटै उङ्गघन भएको र एमसीसी, एसपीसी जस्ता राष्ट्रघाती सम्झौता कार्यान्वयन हुन लागेको भन्दै त्यसको बिरुद्धमा नेपाल बन्द आह्वान गरिएको हो ।

बन्दका कारण लामो दूरीका यातायातका साधन प्रभावित भएका छन् । काठमाडौंसहित देशका मुख्य स्थानबाट लामो दूरीका सवारी सधान विहानैबाट बन्द भएको बताइएको छ । बन्दकर्ताहरुले काठमाडौंँमा केही स्थानमा ट्याक्सी र मोटरसाइकलमा तोडफोड गरेका छन् ।

नेकपा लगायत ४ पार्टीले बन्दको पूर्वसन्ध्यामा आम हड्तालमा ऐक्यबद्धता जोहर गरिदिन सबैलाई अपिल गरेका छन् । तर, नागरिक स्तरबाट भने बन्दको विकल्प खोज्दै अन्य विधीबाट संघर्षका कार्यक्रम अघि बढाउन समेत दलहरुमा माग अघि सारिँदै आएको छ ।

बन्दको पूर्वसन्ध्यामा बन्दकर्ताहरुले काठमाडौंसहित देशका मुख्य शहरमा मसाल जुलुस निकालेका थिए । उनीहरुले सरकारविरुद्ध नाराबाजी समेत गरेका थिए ।

चार पार्टीले बन्दबारे संयुक्त विज्ञप्ति निकालेका थिए । ‘राज्य आतंक राष्ट्रघाती र जनघाती सरकारका गलत कार्य सच्याउन, सुधार्न र रोक्न हामीसँग जनजागरण , जनहस्तक्षेप र जनसंघर्ष गर्नु बाहेक अर्को विकल्प छैन तसर्थ राज्य गलत बाटोमा हिड्ने जुन मूर्खता गरिरहेको छ, त्यसलाई रोक्न चार कम्युनिस्ट पार्टीसे जनसंघर्षका कार्यक्रमहरु घोषणा गरेका छौं’ विज्ञप्तिमा भनिएको छ ।

त्यस्तै घोषित जनसंघर्षका कार्यक्रमहरुलाई पूर्ण सहयोग र समर्थन गरी जनविरोधी राज्यको हर्कतलाई परास्त गर्न हामी सम्पूर्ण प्रगतिशील , वामपन्थी देशभक्त र क्रान्तिकारी कम्युनिष्ट शक्तिहरुलाई उनीहरुले आग्रह पनि गरेका छन् ।

जनताका मुद्धाहरुको देवास्ता गरिएमा सशक्त संघर्षका कार्यक्रमहरु घोषणा गरिने पनि विज्ञप्तिमा उल्लेख छ । पहिलो चरणमा भाद्र १ गते देशव्यापी जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् ।

त्यस्तै दोस्रो चरणमा भाद्र ६ गते देशव्यवपी मशाल जुलुस, भाद्र ४ गते देशव्यापी विरोधसभा काठमाडौँ उपत्यकाको माईतिघर मण्डलामा केन्द्रीत विरोधसभा गरेका ४ पार्टीले भोली भाद्र ७ गते नेपाल बन्द आह्वान गरेका हुन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal