आज :

‘आमाको नामबाट नागरिकता लिँदा बाबुको पहिचान खुलाउनुपर्छ’

  • अनलाइन डबली

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले आमाको नामबाट छोराछोरीले नागरिकता लिँदा बाबुको पहिचान खुलाउनुपर्ने बताएका छन् ।

सोमबार पत्रकार सम्मेलन गर्दै मन्त्री खाणले यस्तो बताएका हुन् । उनले छोराछोरीले आमाको नामबाट नागरिकता लिँदा बाबुको पहिचान खुलाएपनि त्यसलाई सार्वजनिक नगरिने बताए ।

उनले भने, ‘आमाको नामबाट छोराछोरीले नागरिकता लिँदा बाबुको पहिचान खुलाउनुपर्ने भनिएको छ । तर स्वघोषणा सार्वजनिक हुँदैन । यो सरकारी अड्डामा मात्र हुन्छ । यो गोप्य दस्तावेजका रुपमा रहन्छ । आमाहरूको स्वाभिमानमाथि चोट नपुगेस् भन्नेमा सरकार गम्भीर छ ।’

मन्त्री खाणले आमाबाबु नभएका बालबच्चाको नागरिकता बनाउँदा संरक्षकहरुले नेपाली नागरिक हुन भनी स्थानीय जनप्रतिनिधिले प्रमाणित गुर्नपर्ने बताए ।

उनले स्थानीय तहका जनप्रतिनिधिको प्रमाणमा मात्र त्यस्ता बालबच्चालाई नागरिकता दिने व्यवस्था गरिएको बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal