आज :

निर्वाचन आचारसंहितामाथि छलफल गर्न आयोगले बोलायो राजनीतिक दलहरूलाई

  • अनलाइन डबली

निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारी र आचारसंहिताबारे छलफल राजनीतिक दलहरूसँग छलफल गर्ने भएको छ ।

त्यसका लागि आयोगले प्रतिनिधिसभा र प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रतिनिधिलाई बोलाएको छ । त्यसैका लागि छलफल राखिएको हो

‘यसअघि आयोगले निर्वाचन आचारसंहिताको ड्राफ्ट राजनीतिक दलहरूलाई दिएको छ । अब त्यसमा दलका केही आवश्यक सुझाव भए तिनलाई समेत समेटेर पास गर्नुपर्ने हुन्छ । त्यसैका लागि छलफल राखिएको हो’, आयोगका एक आयुक्तले भने, ‘त्यो बाहेक अन्य तयारीका सम्बन्धमा पनि छलफल हुन्छ ।’

छलफलका लागि आयोगले केन्द्रीय कार्यालय कान्तिपथमा साढे ११ बजे समय तोकेको छ । निर्वाचन आयोगले निर्वाचन सम्पन्न गर्न अनुमानित १० अर्ब बजेट लाग्ने भन्दै अर्थमन्त्रालयमा स्वीकृतिका लागि पठाइसकिएको छ । त्यस्तै ५०३ प्रकारका मतपत्र हुने आयोगले जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal