आज :

निर्वाचन आयोगले थाल्यो आचार संहिता निर्माणको प्रक्रिया

  • अनलाइन डबली

काठमाडौँ । निर्वाचन आयोगले आचार संहिता निर्माणको प्रक्रिया थालेको छ । आगामी मंसिर ४ गतेका लागि तय गरिएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि आचार संहिता निर्माणको प्रक्रिया सुरू भएको आयोगले जनाएको छ ।

यसका लागि सोमबार राजनीतिक दलहरूसँग छलफल कार्यक्रम राखिएको प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले जानकारी दिएका छन् ।

आइतबार निर्वाचनमा रिपोर्टिङ गर्ने पत्रकारहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले गत स्थानीय तहको निर्वाचनको आचार संहिता कार्यान्वयनको अवस्थाको मूल्यांकन गर्दै दलहरूको सुझावको आधारमा संहिता जारी गर्ने बताए ।

उनले गत निर्वाचनमा आयोगले जारी गरेको निर्वाचन आचार संहिता पत्रकारितासँग सम्बन्धित संस्थाका व्यक्तिले ‘आयोगको छुट्टै संहिता मान्दिनँ’ भनेको प्रति आश्चर्य लागेको बताए ।

उनले भने- ‘आम संचार माध्यमले आचार संहिता पालना गरेमा आयोगले स्पष्टीकरण सोध्नेका लागि कागज खर्च गर्नु नपर्ने थियो । जुन मिडियाले आचार संहिता पालना गर्नुपर्छ भनेर लेख्थ्यो उसैले बढी आचार संहिता उल्लंघन गरेको पनि पाइयो । आचार संहिता पालना गर्न र गराउन संचार माध्यमको ठूलो भूमिका हुन्छ ।’

प्रमुख आयुक्त थपलियाले आगामी मंसिर ४ गतेको निर्वाचन सफल बनाउनका लागि आयोगले दिव्य दृष्टि लगाएर काम गरिरहेको उल्लेख गरे ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal