आज :

युक्रेनले रुसको हतियार डिपोमा हमला गर्यो ! आधुनिक हतियार ध्वस्त

  • अनलाइन डबली

काठमाडौँ । रुसको हतियार डिपोमा आगजनी भएको छ । रुसको बेलगरत सहरमा रहेको हतियार डिपोमा आगजनी भएको हो । राति एकाएक भएको आगलागीबाट पूरै क्षेत्र उज्यालो र धुँवा भएको थियो । एकाएक भएको विस्फोटबाट हतियार गोदाम पूरै ध्वस्त भएको छ । आगलागीबाट एकपछि अर्को ठूलो विस्फोटको आवाज आइरहेको थियो । यहाँ रहेका दुई गाउँलाई तुरुन्त खाली गरिएको छ । उक्त डिपोमा युक्रेन पठाउन तयारी अवस्थामा राखिएका हतियार भण्डार गरिएको बताइएको छ ।

विस्फोट तथा आगजनीबाट रुसको ठूलो क्षति पुगेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् । आधुनिक हतियार र गोलाबारी जलेर नष्ट भएको बताइएको छ । विस्फोटबारे रुसले केही बताएको छैन । उता युक्रेनले पनि यसबारे कुनै प्रतिक्रिया जनाएको छैन । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले उक्त हतियार भण्डारमा युक्रेनले मिसाइल प्रहार गरेसँगै आगलागी भएको थियो ।

यसअघि पनि युक्रेन उक्त क्षेत्रमा मिसाइल हमला गरेको थियो । त्यतिबेला चारजनाको ज्यान जानुको साथै दर्जनबढी घाइते भएका थिए । उक्त मिसाइल हमलाको युक्रेनले जिम्मा लिएको थियो ।

युक्रेनमा युद्ध झन तेज हुने बताइएको छ । युद्धमैदानमा रुसको कारवाहीमा परी २० जना अमेरिकी सैनिकको मृत्यु भएको छ । अमेरिकी २० सहित अन्य देशका गरी एक सयभन्दा बढी विदेशी सैनिकको मृत्यु भएको रुसी रक्षा मन्त्रालयले जनाएको छ । रुसी सेनाले उत्तरी युक्रेनको खारकोवको एउटा गाउँमा गरेको कारवाहीको क्रममा २० जना अमेरिकी सेनाको मृत्यु भएको रुसले बताएको छ ।

पहिलो पटक एकै दिन २० अमेरिकीसहित १ सय जना विदेशी सेनाको मृत्यु भएको रुसी रक्षा मन्त्रालयले जनाएको छ । त्यस्तै, उक्त कारवाहीमा ६ वटा ड्रोन, सात वटा कमाण्ड पोष्टहरु पनि ध्वस्त पारिएको रुसको दावी छ ।

यसैबीच युक्रेनले विषाक्त केमिकल प्रयोग गरेको छ । रुसी सेना अगाडि बढेको क्षेत्रमा युक्रेन उक्त विषाक्त केमिकल फैलाएको रुसले बताएको छ । जसका कारण रुसी सेना भकाभक बिरामी हुन थालेका छन् । कारवाहीमा सहभागी सेना बिरामी हुन थालेपछि रुसले युक्रेनले केमिकल प्रयोग गरेको दाबी गरेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal