आज :

माओवादी केन्द्रको बैठक बस्दै, स्थायी समिति र पदाधिकारीको टुंगो लाग्ने 

  • अनलाइन डबली

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटीको बैठक आज पनि बस्ने भएको छ । शुक्रबार बसेको बैठकले पदाधिकारीबारे छलफल गरेपनि टुंगो लगाउन सकेको थिएन । नेताहरुका अनुसार पात्रहरुको बारेमा शुक्रबार छलफल भएको थियो ।

सम्भतः आज थप्न बाँकी स्थाियी समिति सदस्यको नाम र पदाधिकारीको टुंगो लाग्ने एक नेताले बताए । बैठक दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने केन्द्रीय कार्यालयले जानकारी दिएको छ । प्रबक्ता कृष्णबहादुर महराले शुक्रबार पात्रहरुको बारेमा छलफल भएको आज टुंगो लाग्न सक्ने बताए ।

विहीबार बोलाइएको बैठक तयारी नपुगेको र अध्यक्षको व्यवस्ताका कारण शुक्रबार सारिएको थियो । सत्ता गठन्धन र संसद बैठकका कारण पटकपटक माओवादीको बैठक स्थगित हुँदै आएको छ ।

महाधिवेशनपछि बसेको पहिलो केन्द्रीय समिति बैठकले अध्यक्षको निर्वाचित गरेको थियो । त्यसपछि स्थानीय चुनावपछि पदाधिकारी चयन गर्ने भन्दै बैठक स्थगित गरिएको थियो ।

मुख्यगरी महासचिवमा को बन्ने भन्ने कुरा नमिल्दा पदाधिकारको टुंगो लगाउन समस्या भएको बताइएको छ । महासचिवमा स्थायी समिति सदस्य जनार्दश शर्मा प्रभाकर र वर्षमान पुन मुख्य दाबेदार रहेका छन् । दुबै नेताले दाबी नछोडेपछि अध्यक्ष प्रचण्डले तेस्रो विकल्पको रुपमा नेता देव गुरुङलाई अघि सार्न सक्ने बताइएको छ ।

वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ, उपाध्यक्षमा कृष्णबहादुर महराको टुंगो लागेपनि बाँकी नेताहरुको भने बाँकी नै छ । पहिला महासचिवको टुंगो लागेमात्रै कुन नेतालाई कुन जिम्मेवारी दिने भन्नेबारे छलफल हुने नेताहरुले बताएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal