आज :

विश्वयुद्ध नजिकिँदै ! अमेरिकाले परमाणु बमर बेलायतमा तैनाथ गर्यो, रुसले पनि उतार्यो सबमरीन

  • अनलाइन डबली

काठमाडौँ । विश्वयुद्ध नजिकिँदै छ भन्ने विश्लेषणलाई बल पुर्याउँदै अमेरिकाले आफ्नो सबैभन्दा घातक मानिएको परमाणु ब म खसाल्ने विमान बेलायतमा तैनाथ गरेको छ । युक्रेनलाई लामो दूरीका हतियार सप्लाई गरिरहेको अमेरिकाले बेलायतमा उक्त विमानमा तैनाथ गरेसँगै विश्वमा नयाँ चर्चा भएको छ । फोर-बी-५२ यो बमरले परमाणु मिसाइल खसाल्न सक्छ । लगातार १३ हजार किलोमिटर उड्न सक्ने यो विमानले ३२ हजार किलो अस्त्र बोक्न सक्छ ।

अमेरिकाले रुसले सम्भावित परमाणु हमला गर्न सक्ने भन्दै बेलायतमा बमर तैनाथ गरेको पश्चिमा संचारमाध्यमहरुले बताएका छन् । रुसले परमाणु क्षेप्यास्त्र प्रहार गर्न सक्ने सबमरिन समुन्द्रमा तैनाथ गरेपछि अमेरिकाले बमर बेलायतमा तैनाथ गरेको बताइएको छ । रुसले पनि विश्वमा कसैसँग नभएको शक्तिशाली सबमरिन समुन्द्रमा ब्ल्याक सीमा तैनाथ गरेको थियो । एक अध्ययनले युक्रेन घटनाका कारण युरोप दिनदिनै संकटमा पर्दै गइरहेको छ र अस्तित्व नै समाप्त हुने अध्ययनले देखाएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् ।

रुसले सबमिरन ब्ल्याक सीमा तैनाथ, अमेरिकाले परमाणु बमर बेलायतमा र चीनको जासुसी जहाज समुन्द्री मार्ग हुँदै श्रीलंका पुग्न र रुस र चीनले सैन्य अभ्यास तथा अमेरिकी नेताहरु ताइवान भ्रमण गर्नेलगायतका घटनाक्रमलाई हेर्दा विश्वयुद्ध नजिकिँदै गरेको विज्ञहरुले बताउँछन् ।

रुसलाई नाकाबन्दी लगाएपनि उसको इन्धन व्यपारमा कमि नआएको र रुसले ग्यास कटौती गरेपछि सिंगो युरोपमा समस्या पैदा भएको बताइएको छ । रुसी ग्यासमा निर्भर जर्मनीको सरकार पनि ढलेको छ । बाल्टिक सी हुँदै रुसबाट पाइपलाइनमार्फत ग्यास जर्मन ल्याइएको छ । रुसले ग्यास सप्लाईमा कटौती गरेसँगै महंगी बढ्नुको साथै सरकार विरुद्ध प्रदर्शन बढ्दै जान थालेका छन् ।

जर्मनीले रुसबाट ग्यासको नल्याएर अमेरिकाबाट ग्यास ल्याउने भनेपछि मानिसहरु सडकमा निस्किएका हुन् । रुसमाथिको आर्थिक प्रतिबन्ध हटाउन माग गर्दै जर्मनीमा हजारौं नागरिक सडकमा निस्किएका छन् । उनीहरुले हाइड्रोलिक फ्र्याक्चरिङको विशेष प्रदुषक विधि प्रयोग गरेर निकालिएको अमेरिकी शेल ग्यास ल्याएर रूसी ग्यासको प्रतिस्थापन गर्ने सरकारको कदमविरुद्ध विरोध जनाएका छन् । जर्मन सरकारले प्राकृतिक ग्यास (एलएनजी) अमेरिकाबाट जहाजमार्फत् ढुवानी हेको छ । सायद चाँडै अल्जेरिया, क्यानाडा र कतारबाट ल्याउने छ ।

एन्डे गेलेन्डे नामको यो आन्दोलनकारीले जर्मनीको ह्यामवर्ग शहरमा शनिवार हजारौंले प्रदर्शनीहरुले अमेरिकाबाट आयातित ग्यास वातावरण र स्वास्थ्य, आफ्नो अर्थतन्त्र र युरोपको दिर्घकालिन भविष्यका लागि झनै घातक भएको आन्दोलनकारीहरुले बताएका छन् । उनीरुले रुसमाथिको आर्थिक नाकाबन्दीले जर्मनीमात्रै नभएर युरोपमै संकट उत्पन्न चेतावनी समेत दिएका छन् ।

अमेरिकाबाट चार एलएनजी टर्मिनल चार्टर्ड गर्ने सरकारी निर्णयको निन्दा गर्दै रद्ध गर्नुपर्ने माग आन्दोलनकारीले गरेका छन् । शुक्रबारबाट सुरु भएको आन्दोलन शनिवार हेम्वर्गमा विरोध प्रदर्शन गरिएको थियो । आन्दोलनकारीले सोमबारसम्म विरोध प्रदर्शन जारी राख्ने भएका छन् ।
जर्मनीका विभिन्न ४० संस्थाले आह्वानको करिब दश हजार मानिसहरु सडकमा निस्किएका छन् । उनीहरुले आफ्नो देशसँगै अरु देशका राज्य प्रमुखलाई रुसमाथिको प्रतिबन्ध नहटाएसम्म विरोध जारी राख्ने बताएका छन् । उनीहरुले आफ्नो देशको चान्सलरले आफ्नो नागरिकको जीवनबारे गम्भीर नभएको आरोप समेत लगाएका छन् ।

आन्दोलनकारीहरुले प्रदर्शनको नयाँ रुप अपनाएका छन् । एउटा ठूलो सर्कस देखाउन बनाएको जस्तो पालको वरिपरि साना पाल, सोफा, लामो टेबलहरू बनाएर आन्दोलनकारीहरु बसेका छन् । यो १५ अगस्ट सम्मकालागि बनाइएको हो । कार्यक्रममा चलचित्र प्रदर्शन र कन्सर्टहरू गरिएका छन् । छलफलहरू र बहसहरू भएका छन् ।

आन्दोलनकारीहरुले जर्मन सरकारले अमेरिकाबाट ग्यास आयत गर्न तटमा निर्माण गर्न लागेको एलएनजी टर्मिनलहरू बन्द गर्न समेत माग गरेका छन् । उनीहरुले पूँजीवादी प्रणाली र नवउपनिवेशवादको कारणले पर्यावरण, आर्थिक र सामाजिक संकटहरू उत्पन्न भएको भन्दै बिरोध जनाएका छन् । उनीहरुले अमेरिकाबाट ग्याँस मगाउने जर्मन सरकारको निर्णयको अवज्ञाका कार्यहरू पनि संगठित रुपमा गर्ने जनाएका छन् ।

आन्दोलनकारीले ग्यास उद्योग ह्याम्बर्गबाट नजिकै रहेको विल्हेल्मशेभेन जस्ता भविष्यका एलएनजी टर्मिनलहरूको निर्माण स्थलहरूलाई पक्षाघात गर्नु हुने बताएका छन् । जर्मनी युरोपमा प्रतिवर्ष ९६ अर्ब घन मिटर ग्यास प्रयोगको सबैभन्दा ठूलो उपभोक्ता हो । यो फ्रान्सेली खपतको दोब्बरभन्दा बढी । जीवाश्म ईन्धनले धेरै रणनीतिक उद्योगहरू जस्तै रसायन, औषधि र इस्पातलाई बढाउँछ । जर्मनी रुसी ग्यासमा निर्भर छ ।

रुसले युक्रेनमाथि सैन्य कारवाही गरेपछि अमेरिकासँगै जर्मनीले पनि प्रतिबन्ध लगाएको छ । जसका कारण रुसबाट आयत हुने ग्यासमा भारी मात्रामा कटौती गरिएको छ । सिधा पाइपलाइनबाट आयत गरिएकोले रुसी ग्यास सस्तोमा प्रयोग गर्न पाइएको थियो । जर्मनीले गत वर्ष ५५ प्रतिशत प्रयोग गरेको बताइएको छ । जर्मनीले आफ्नो तटमा चारवटा एलएनजी टर्मिनल चार्टर गर्न ३ अर्ब युरो जारी गरेको छ । जसले एलएनजीलाई ग्यासयुक्त अवस्थामा पुर्नस्थापित गर्न सम्भव बनाउन सक्छ ।

पहिलो फ्लोटिंग टर्मिनल विल्हेल्मशेभेनमा सन् २०२२ को अन्त्यमा सञ्चालनमा आउने छ । सरकारले द्रुत प्रक्रियामा काम गरिरहेको जनाएको छ । जर्मन सरकारको यो निर्णय जलवायु प्रतिबद्धताहरू विरुद्ध भएको बताउँदै प्रदर्शनकारीहरुले विरोध जनाएका छन् । तीन टर्मिनलहरु सन् २०४३ सम्म सञ्चालन गर्ने जर्मन सरकारको तयारी छ । उक्त ग्यासमा मिथेनको मात्रा अझ ठूलो छ, कार्बनडाईअक्साईडले भन्दा बढी जलवायु हत्याराको काम गरिरहेको भन्दै विरोध भइरहेको छ । यसले जलवायुमा तीब्र रुपमा संकट ल्याउने प्रदर्शनकारीको दाबी छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal