आज :

भूमिहीनलाई सम्झौता भए अनुसारको स्थानहरुमा जग्गा वितरण गर्न प्रक्रिया बढाइदै

  • बुद्धशरण शाही

राष्ट्रिय भूमि आयोग काठमाडौं जिल्लाका अध्यक्ष श्यामकृष्ण प्रजापतिले भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबास गरीरहेकाहरुलाई जग्गा वितरणको सवालमा सम्झौता भइसकेका स्थानहरुमा आवश्यक प्रकृया अगाडी बढाइने बताएको छ ।  विहिबार आयोगको पूर्ण वैठकका बारेमा बोल्दै अध्यक्ष प्रजापतिले वास्तविक सुकुम्वासी र भूमिहीनहरुको हक दिलाउने गरि प्रकृयामा अघि बढिसकेको बताएका हुन् ।

भूमिहीनलाई जग्गा वितरण सम्वन्धमा विभिन्न निर्णयहरु गरिएको जानकारी पनि उनले दिए । प्रजापतिले भने – ‘नियुक्त भएर आएपछि यहाँको विधि, प्रकृयाहरु पनि बुझ्दैछु र कार्यक्षेत्रमा पनि खटिसकेको छु । सम्झौता गर्न बाँकि महानगरपालिकाका साथै अन्य नगरपालिकाहरुमा पनि सम्झौता सम्पन्न गर्न आवश्यक पहल भएको छ ।  चाँडै नै केही नतिजा नै दिने योजना छ मेरो’ आउँदो मंसीर ४ मा हुन गइरहेको संघीय निर्वाचन अघि नै कुनै परिणाम दिने गरी योजना अघि बढाउने विषयमा छलफल भएको बताइएको छ ।

वैठकमा मालपोत अधिकृत टुनाबहादुर श्रेष्ठ, जिल्ला समन्वय समिति अधिकृत राजेन्द्र बहादुर अर्याल, डिभिजन बन कार्यालय अधिकृत सन्त कुमार श्रेष्ठ, जिल्ला प्रशासन कार्यालयबाट तेजिन्द्र गौतम, नापी विभागबाट अधिकृत शिव प्रसाद लम्साल लगायतको उपस्थिती थियो ।

त्यस्तै नेकपा माओवादी केन्द्रतर्फबाट समितिमा विज्ञ सदस्य योगेश पौडेल, नेपाली काँग्रेसबाट मोतिलाल लामा र नेकपा (एस) बाट शुसिला खतिवडाको पनि उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal