आज :

नागरिकता विधेयक हुबहु पारित, पक्षमा १३५ र विपक्षमा ६० मत 

  • अनलाइन डबली

काठमाडौं । प्रतिनिधिसभाको बैठकबाट नागरिकता विधेयक २०७९ बहुमतले पारित गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचार गरियोस् भनेर सन्देशसहित फिर्ता पठाएको विधेयक बिहिबार बहुमतबाट पारित गरेको हो । सरकारले प्रतिनिधिसभामा पुनः प्रस्तुत गरेको नागरिकतासम्बन्धी विधेयकमाथि मत विभाजन गर्दा बहुमतद्वारा पारित भएको छ ।

विधेयकको पक्ष र विपक्षमा मत विभाजन गरिएको थियो । विधेयकको पक्षमा १ सय ३५ मत र विपक्षमा ६० मत परेका थिय । आजको प्रतिनिधसभा बैठकमा प्रस्ताव पेश हुँदा १ सय ९५ सांसद उपस्थित थिए । प्रमुख प्रतिपक्षी दल एमालेका २८ जना बढी सांसदले ध्वनी मतको विपक्षमा उभिएर मत विभाजनका आधारमा विधेयकलाई निर्णयार्थ प्रस्तुत गर्न आग्रह गरेका थिए ।

नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीले नागरिकता विधेयकको पक्षमा छन् । त्यस्तै प्रमुख प्रतिपक्ष नेकपा एमाले, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, राप्रपा विधेयकको विपक्षमा उभिएका थिए ।

गत साउन ७ गते प्रतिनिधिसभाले नेपाल नागरिकता संशोधन विधेयक २०७९ बहुमतले पारित गरेको थियो । यस्तै साउन १२ गते राष्ट्रियसभाले पारित गरेपछि प्रमाणीकरणका लागि विधेयक राष्ट्रपतिको टेवुलमा पुगेको थियो । राष्ट्रपति भण्डारीले गत साउन ३० गते विभिन्न ९ बुँदामा प्रश्नहरु उठाउँदै सो विधेयक संसदमा फिर्ता पठाएकी थिइन् ।

झन्डै २२ महिना प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समितिमा छलफल भएर २०७७ असार ९ गते राज्य व्यवस्था तथा सुशासन समितिले बहुमतले पास गरी प्रतिनिधिसभामा प्रतिवेदन पठाएको थियो । प्रतिवेदन पठाएको ६ महिनासम्म सो विधेयक तत्कालीन केपी शर्मा ओली सरकारले सदनमा अघि बढाएन ।

२०७७ पुस ५ गते तत्कालीन प्रधानमन्त्री ओलीले संसद विघटन गरे । त्यसपछि २०७८ जेठ ८ गते ओलीले दोश्रो पटक संसद विघटन गरेर त्यसको भोलीपल्ट जेठ ९ गते उनले हालको विधेयकमा रहेको प्रावधान अनुसारकै नागरिकतासम्बन्धी अध्यादेश जारी गरेका थिए । यसअघि आफ्नो नेतृत्वको सरकारले जारी गरेको अध्यादेशको आधारमा नागरिकतासम्बन्धी विधेयक आएपनि एमालेले विरोध गरेको प्रति गठबन्धन दलका सांसदहरुले आश्चर्य व्यक्त गरेका छन् । प्रतिनिधिसभाबाट पारित यो विधेयक अब राष्ट्रियसभामा पेश हुनेछ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal