आज :

उम्मेदवार छनोटका लागि एकीकृत समाजवादीले बनायो यस्ता ७ मापदण्ड

  • अनलाइन डबली

काठमाडौं । नेकपा एकीकृत समाजवादीले ४ मंसिरमा हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट गर्न ७ वटा मापदण्ड बनाएको छ ।

१ भदौमा बसेको केन्द्रीय सचिवालयको बैठकले ७ वटा मापदण्ड तयार गरेको महासचिव बेदुराम भूसालले जानकारी दिए । एकीकृत समाजवादीले बनाएको मापदण्ड यस्तो छ :

पार्टीको कार्यदिशा, नीति र कार्यक्रमप्रति प्रतिवद्ध रहेको । विद्रोहमा सक्रिय भूमिका खेलेका र पार्टी निर्माणमा योगदान गरेको ।
पार्टी र क्रान्तिप्रतिको निष्ठा र अनुशासनमा दृढ । आर्थिक एवं नैतिक आचरण राम्रो रहेको ।

जनतामा स्थापित र लोकप्रिय । स्वच्छ छवि भएको र सुशासनको पक्षपाती । कार्यक्षमता राम्रो भएको र सक्रिय । समावेशीताको सिद्धान्त विपरीत नहुने ।

४ मंसिरमा हुने निर्वाचनका लागि नेकपा एकीकृत समाजवादीले २० भदौभित्र उम्मेदवार छनोट गरिसक्ने कार्यतालिका बनाएको छ ।

पार्टीको सचिवालय बैठकले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रको समन्वय कमिटीले १० भदौभित्र जिल्ला कमिटीमा उम्मेदवारको नाम सिफारिस गरिसक्ने कार्यतालिका बनाएको छ।

त्यस्तै १२ भदौभित्र जिल्ला कमिटीले प्रदेश कमिटीमा नाम सिफारिस गरिसक्ने, १५ भदौभित्र केन्द्रीय कमिटीमा नाम सिफारिस गर्ने र २० भदौभित्र केन्द्रीय कमिटीले निर्णय गरिसक्ने एकीकृत समाजवादीको कार्यतालिका छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal